साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मान्छे

आफन्ती जनका सभा र घरमा, जान्छन् यहाँ मानव । हेर्छन् तुच्छ विचारले यदि भने, ढाडे बिरालो सब ।। ज्ञानी भक्त दयालु सन्त मनुवा, हुन्छन् सकारात्मक । डाँका भ्रष्ट दलाल दुष्ट खल ती, बन्छन् नकारात्मक ।

Nepal Telecom ad

(मान्छे विषयको शृङ्खलाबद्ध कविताको ६२ औँ भाग)

आफ्नो ल्यागतले भलो नियमले, सोच्दैन मान्छे किन ।
अर्काको गफमा परेर मनुवा, लट्ठिन्छ साह्रै किन ।।
आफू के हुँ भनी गुनी मगजले, हेर्दैन आफैँतिर ।
अर्काको बदनाम गर्छ मनुवा, जागेर त्यो आखिर ।।- १

आफ्नो दोष लुकाउँदै कपटको, बाटो निचो हिँड्दछ ।
सोझा मानिसको र रुग्ण जनको, खेदो खनी बोल्दछ ।।
डाँकाको दलको विषाक्त खलको, मोर्चा बनाईकन ।
लुट्छन् साधु र सन्त भक्त निमुखा, लाजै पचाईकन ।।- २

अर्काको धनको पवित्र मनको, ईष्र्या गरी हिँड्दछ ।
आफ्नो स्वार्थ निमित्तको कहरले, आफन्तनै तोड्दछ ।।
थाङ्ने बात गरेर रम्दछ खुबै, सेखी गरी हिँड्दछ ।
गाली गर्छ पछाडिबाट रिसले, आँखा तरी हेर्दछ ।।- ३

आफन्ती जनका सभा र घरमा, जान्छन् यहाँ मानव ।
हेर्छन् तुच्छ विचारले यदि भने, ढाडे बिरालो सब ।।
ज्ञानी भक्त दयालु सन्त मनुवा, हुन्छन् सकारात्मक ।
डाँका भ्रष्ट दलाल दुष्ट खल ती, बन्छन् नकारात्मक ।।-४

आफ्नो त्यो अनुहार हेर्दछ भने, गाली नगर्दा भयो ।
अर्काको रिस गर्न हुन्न नरले, बानी नराम्रो छ त्यो ।।
मान्छेको अनुहार होइन निको, चाहिन्छ बानी निको ।
मान्छे बन्न सकिन्छ है मगजको, ज्ञानी उँचो युक्तिको ।।- ५

०००
बालाजु, काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सात फाँकी साइनो

सात फाँकी साइनो

डा. छायादत्त न्यौपाने ‘बगर’
बाउको बिँडो धान्ने रे

बाउको बिँडो धान्ने रे

फित्काैली डटकम
भानु बनेका सबका प्यारा

भानु बनेका सबका प्यारा

जगदीश्वर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x