साइबर अपराध सम्बन्धी सचेतना सामग्री

निर्वाचन २०७९ः सुसेलीमा

जय नेपाल भ्रष्टाचारी बोल्दछन् दुख्छ कपाल । मीठा बातले तिम्रा पार्टी डुब्दैछन् अन्तर्घातले । जस्तै भए नि न्याय अब पाइन्न गोर्खा गए नि । पालो मिच्नेछन् फेरि पनि पुराना भ्रष्ट जित्ने छन् ।

Nepal Telecom ad

घस्छन् बेसार
निर्वाचन उनासी
नयाँ के छ र ?

पार्टी प्रवेश
को आउँछ को जान्छ
छैन निषेध ।

नेता भा रु मा
टाठाबाठा दारुमा
देश मरुमा ।

कुरा हँुदैनन्
जनताका अपेक्षा
पूरा हुँदैनन् ।

किन फुटेका
सत्रु काखी च्यापेर
भाइ कुटेका ।

देश पखाले
काँग्रेस एमालेले
धोती फुकाले ।

सोझा निचोरे
जन्मदिने आमाको
छाती चिथोरे ।

प्रतिबद्धता
चुनाव घोषणामा
छैन शुद्धता ।

छ अलपत्र
लाटोको लगौंटी झैँ
घोषणापत्र ।

शुद्ध भएको
कम भ्रष्ट नेतामा
मत दिने हो ।

चक डस्टर
आए राजनीतिमा
केही मास्टर ।

खै त विकास
गाँस बास कपास
छैन निकास ।

देश फन्दामा
राजनीति विकास
भागबन्डामा ।

झुटो लेख्दिन
यी नेता के बक्दैछन्
मैले बुझ्दिन ।

राजनीति यो
गर्नेलाई भन्दानी
हेर्नै लाज भो ।

राजनीति यो
विद्याको मन्दिरमा
अति धेरै भो ।

खास हुँदैनौं
चिट चोर्छौ जाँचमा
पास हुँदैनौं ।

भुँडी फोर्दैछौ
लेख्न पढ्न जान्दैनौं
चिट चोर्दैछौ ।

नारा काँग्रेस्को
हँसिया-हथौड़ामा
मत दिने भो ।

लाज पचाई
आयो फेरि एमाले
हलो समाई ।

जय नेपाल
भ्रष्टाचारी बोल्दछन्
दुख्छ कपाल ।

मीठा बातले
तिम्रा पार्टी डुब्दैछन्
अन्तर्घातले ।

जस्तै भए नि
न्याय अब पाइन्न
गोर्खा गए नि ।

पालो मिच्नेछन्
फेरि पनि पुराना
भ्रष्ट जित्ने छन् ।

घाटा घटाऊ
सक्छौ भने यो पल्ट
युवा जिताऊ ।

०००
कपन, काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सुसेलीमा भानु सम्झना

सुसेलीमा भानु सम्झना

दुर्गा भमरकोटे
सुसेलीमा दसैँ

सुसेलीमा दसैँ

दुर्गा भमरकोटे
आफ्नै कथा: सुसेलीमा

आफ्नै कथा: सुसेलीमा

दुर्गा भमरकोटे
बाङ्गा तीज सुसेली

बाङ्गा तीज सुसेली

दुर्गा भमरकोटे
बेहुली घाम

बेहुली घाम

तारा पराजुली
उमेर र मन

उमेर र मन

नम्रता गुरागाइँ
पुरूषको जुनी हुन पाइनँ

पुरूषको जुनी हुन पाइनँ

कमला पन्थी अधिकारी
वृद्धका कष्ट

वृद्धका कष्ट

कल्पना अधिकारी
माटाेका कुरा गराैँ

माटाेका कुरा गराैँ

उत्तमकृष्ण मजगैयाँ
उज्यालो देखिएन त ?

उज्यालो देखिएन त ?

कणाद महर्षि
0
Would love your thoughts, please comment.x
()
x