साइबर अपराध सम्बन्धी सचेतना सामग्री

म नेता

लु त माइला यस पटक पनि मेरो चिन्हमा छाप लाऊ म तिम्रो ढाडमा धाप लाउँछु अनि तिमी राडीमा बस या खाडी जाऊ ।

Nepal Telecom ad

इमान गयो
जमान पनि गयो
यो पाँच वर्षमा के के भयो
के के भयो ।

तन्काउन नमिल्ने
थन्क्याउन पनि नमिल्ने
अनि फेरि आएँ ।

बितेका वर्ष
चोक्टा माग्यौ
झोल दिएँ
दाउरा माग्यौ
कोल दिएँ
बिजुली माग्यौ
पोल दिएँ
व्हिस्की माग्यौ
बोत्तलको आफैँ तन्काएँ
तिमिलाइ खोल दिएँ
मैले के बिगारेँ ।

अझै
कुख्रा माग्यौ
गाँड दिएँ
बियर माग्यौ
खुदिको जाँड दिएँ
भात माग्यौ
हकुवा चामलको माड दिएँ
घरको खम्बा माग्यौ
ढोडको आड दिएँ
अडेस लाग्यौ
आफैं लड्यौ
मैले के बिगारेँ ।

रोजगार माग्यौ
बिना ढेवा भिषा दिएँ
भुराको फिस माग्यौ
तिम्रो नियास्रो मेट्न
तिम्रै बुढिलाइ किस दिएँ
त्यतिमात्र हो र?
डेरा दिएँ
केरा दिएँ
देख्छ्न भन्यौ
बोराको बेरा दिएँ
मैले के बिगारेँ ।

दबाइ माग्यौ
बेसार दिएँ
पानी माग्यौ
असार दिएँ
बिहे माग्यौ
भुसको कसार दिएँ
छिमेकिले निहुँ खोज्दा
गोलिले पसारदिएँ
मैले के बिगारेँ ।

हौ ठुले
चुनाव आयो त फेरि
तिमी मलाइ भोट देऊ
तिम्लाइ म हात्ति भाको नोट दिन्छु
म कोट लाउँला
तिमी अस्कोट लाऊ
आउ मिलौँ
तिमी बुढाभाका बा चील
म देश चिल्छु
तिमी सातु निल
म मार्सी निल्छु
तिमी फर्सी निल
म खसी निल्छु
नदि निल्छु
जहाज निल्छु
पुल, तुल, मूल निल्छु

लु त माइला
यस पटक पनि
मेरो चिन्हमा छाप लाऊ
म तिम्रो ढाडमा धाप लाउँछु
अनि तिमी
राडीमा बस या
खाडी जाऊ
म चैँ यस्तै यस्तै बोकेर
पाँच वर्षमा फेरि आउँछु
अरु तपसिलमा राखौँला ।

०००
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
कालो कोट

कालो कोट

गाेपेन्द्रप्रसाद रिजाल
चटनी

चटनी

गाेपेन्द्रप्रसाद रिजाल
स्वार्थ

स्वार्थ

गाेपेन्द्रप्रसाद रिजाल
फुलमन्त्रीले रक्सी छाड्यो रे…

फुलमन्त्रीले रक्सी छाड्यो रे…

गाेपेन्द्रप्रसाद रिजाल
पुरोहित बाको टुपी

पुरोहित बाको टुपी

गाेपेन्द्रप्रसाद रिजाल
खुकुरीः अहिंसा र टोपी

खुकुरीः अहिंसा र टोपी

गाेपेन्द्रप्रसाद रिजाल
बेहुली घाम

बेहुली घाम

तारा पराजुली
उमेर र मन

उमेर र मन

नम्रता गुरागाइँ
पुरूषको जुनी हुन पाइनँ

पुरूषको जुनी हुन पाइनँ

कमला पन्थी अधिकारी
वृद्धका कष्ट

वृद्धका कष्ट

कल्पना अधिकारी
माटाेका कुरा गराैँ

माटाेका कुरा गराैँ

उत्तमकृष्ण मजगैयाँ
उज्यालो देखिएन त ?

उज्यालो देखिएन त ?

कणाद महर्षि
0
Would love your thoughts, please comment.x
()
x