साइबर अपराध सम्बन्धी सचेतना सामग्री

आस्था र विश्वास गुमाएपछि

स्याङ्जामा छु भनेर अस्ति बढिया फोटो पठायौ तर, त्यो तस्वीर पछाडि भक्तपुरको बस्ती थियो सुन्दर । पाल्पामा छु भन्यौ हिजो तर थियौ आफू पनौतीतिर, तिम्रो जाल र झेल खेल कसरी मैले बुझूँ आखिर ।

Nepal Telecom ad

जो मेरो दिलमा तिमीप्रति हिजो आस्था थियो जब्बर
त्यो आस्था अब छैन गर्नु अब के भाग्दैछ झन् झन् पर
तिम्रै दुव्र्यवहार ढाँट छलले चर्को अहङ्कारले
जो विश्वास थियो टुट्यो अनि बिदा माग्यो मिठो प्यारले

स्याङ्जामा छु भनेर अस्ति बढिया फोटो पठायौ तर
त्यो तस्वीर पछाडि भक्तपुरको बस्ती थियो सुन्दर
पाल्पामा छु भन्यौ हिजो तर थियौ आफू पनौतीतिर
तिम्रो जाल र झेल खेल कसरी मैले बुझूँ आखिर

ऐले छौ धुलिखेलमा गफ चुटी हाँस्दै बसेका तर
भन्छौ आज त पोखरातिर झरेँ हे दैव के लाग्छ र !
तिम्रो झूट कुरा सुनेर पनि के मैँले गरूँ खै कसो !
जम्मै बुझ्छु कुरा बुझेर नबुझे झैँ गर्छु धेरैजसो

केही प्रश्न गरूँ भने कलहले यो चित्त झन् जल्दछ
विश्वासै गरिनस् भनेर थुतुनो तिम्रै बढी चल्दछ
खै मायाँ सकिएन मार्न जति नै आस्था गुमाए पनि
त्यै आस्था अब फर्किएर सजिलै हुन्थ्यो नि आए पनि !

यो कस्तो कुन खालको सकस हो के खप्नु मैले पर्‍यो
आस्था दूर गइन् पलायन भइन् बिश्वास डेरा सर्‍यो
धेरै चोटि दुखेँ क्षमा गरिदिएँ सोचेर आफ्नै तर
तिम्रो बुद्धि फिरेन खै किन अझै के लाग्छ हे ईश्वर !

०००
लमजुङ, हाल अमेरिका

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
कहरमा कुम्ल्याउने रहर

कहरमा कुम्ल्याउने रहर

डा. बमबहादुर जिताली
गर्न चाहिँ गाह्राे

गर्न चाहिँ गाह्राे

डा. सत्यराज थपलिया
भजन

भजन

शेषराज भट्टराई
लाेग्ने र गधा

लाेग्ने र गधा

खगेन्द्र नेउपाने
टाउको

टाउको

भोलानाथ सुबेदी
देश ?

देश ?

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
0
Would love your thoughts, please comment.x
()
x