आस्था र विश्वास गुमाएपछि
स्याङ्जामा छु भनेर अस्ति बढिया फोटो पठायौ तर, त्यो तस्वीर पछाडि भक्तपुरको बस्ती थियो सुन्दर । पाल्पामा छु भन्यौ हिजो तर थियौ आफू पनौतीतिर, तिम्रो जाल र झेल खेल कसरी मैले बुझूँ आखिर ।
जो मेरो दिलमा तिमीप्रति हिजो आस्था थियो जब्बर
त्यो आस्था अब छैन गर्नु अब के भाग्दैछ झन् झन् पर
तिम्रै दुव्र्यवहार ढाँट छलले चर्को अहङ्कारले
जो विश्वास थियो टुट्यो अनि बिदा माग्यो मिठो प्यारले
स्याङ्जामा छु भनेर अस्ति बढिया फोटो पठायौ तर
त्यो तस्वीर पछाडि भक्तपुरको बस्ती थियो सुन्दर
पाल्पामा छु भन्यौ हिजो तर थियौ आफू पनौतीतिर
तिम्रो जाल र झेल खेल कसरी मैले बुझूँ आखिर
ऐले छौ धुलिखेलमा गफ चुटी हाँस्दै बसेका तर
भन्छौ आज त पोखरातिर झरेँ हे दैव के लाग्छ र !
तिम्रो झूट कुरा सुनेर पनि के मैँले गरूँ खै कसो !
जम्मै बुझ्छु कुरा बुझेर नबुझे झैँ गर्छु धेरैजसो
केही प्रश्न गरूँ भने कलहले यो चित्त झन् जल्दछ
विश्वासै गरिनस् भनेर थुतुनो तिम्रै बढी चल्दछ
खै मायाँ सकिएन मार्न जति नै आस्था गुमाए पनि
त्यै आस्था अब फर्किएर सजिलै हुन्थ्यो नि आए पनि !
यो कस्तो कुन खालको सकस हो के खप्नु मैले पर्यो
आस्था दूर गइन् पलायन भइन् बिश्वास डेरा सर्यो
धेरै चोटि दुखेँ क्षमा गरिदिएँ सोचेर आफ्नै तर
तिम्रो बुद्धि फिरेन खै किन अझै के लाग्छ हे ईश्वर !
०००
लमजुङ, हाल अमेरिका