साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कसरी बदलियौ हँ ?

जम्बो टोलीसँगै विदेश यात्रा सुरु गरेदेखि करोडौंको महलमा लाखौँको पलङमा सुतेपछि काँडामाथि टेक्ने तीन करोड जनताका भावना कुल्चेर एकाएक कसरी बदलियौ हँ ?

Nepal Telecom ad

कुशल योद्धा देशको माझी, अझ भनौं
देशलाई आकाश मार्गमा उडाउने पाइलट
बाल्यकालमै सुरु गरेका हौ गाउन देशको गीत
अनवरत गाइरह्यौ, कुनाकन्दरासँग प्रीति लाइरह्यौ
रोग, शोक र अनिकालसँग पौंठेजोरी खेलिरह्यौ
तिमी नै थियौ सचेत नागरिक वर्गीयता विरुद्धको
तानासाह विरुद्धको तिम्रो कदम, केसँग तुलना गरूँ ?

सूर्य जस्तै उज्यालो, आकाश जस्तै फराक थियो तिम्रो विचार
तिमी नै त थियौ भरोसा केन्द्र देशको, देशकै लागि त थियो तिम्रो समर्पण
र त ज्वाला दन्कियौ निरङ्कुश तानासाह विरुद्धमा
श्रमजीवी किसान र मजदुरको पक्षमा लडेका हौ
महिलाको पक्षमा आवाज उठाएका थियौं
समग्र अन्याय विरुद्धमा लडेर चिरेका हौ कालरात्रि ।

न्याय माग्दा देशद्रोही ठहरियौ
राजबन्दी बनेर वर्सौं कारागारमा बितायौ
जेलमा तिमीले पाएको त्यो अकल्पनीय यातना
औँला औँलामा रोपिएका पिनकाँटीहरू
पटकौँ प्रहरीले करेन्ट लगाउँदा मरेको तिम्रा शरीरको छाला
अझ सर्वस्व हरणको सूचना
हप्तौंदेखि तिम्रा छोराछोरीले खान नपाएको खबर
तिम्री श्रीमतीको अस्मिता लुटिँदाको चीत्कार
कति पीडाबोध भएथ्यो, सम्झ त ?

तर पनि सतिसाल तिम्रो दृढता
जिलेटिनमा राखेर गोप्यता खोल्ने प्रहरीको हर्कत
मृत्यु अँगाल्ने तर कुरा नखोल्ने तिम्रो स्वाभिमान
आखिर केका लागि ?
के त्यही कुर्सीका लागि मात्र थियो त ?
बेपर्वाह सहेर ती सबै दर्दहरू
लोकतन्त्रको तिम्रो त्यो अर्जुनदृष्टि र सम्भव भयो लक्ष्य
जुन यिनै जनताका लागि थिएन र ?
हो, तिम्रै बलिदानी हो, तिम्रै योगदान हो
तिम्रै त्याग हो, तिम्रै तपस्याको परिणाम हो, लोकतन्त्र गणतन्त्र
सयौँ सिउँदो पुछिएर, हजारौं बेपत्ता बनेर र कयौं टुहुरा भएर
भएको हो प्राप्ति ।

अझैसम्म घाइतेहरूको दर्दनाक पीडा उस्तै छ
त्यसै भित्र्याएको थिएन उज्यालो दिन
तर आज डाडुपन्युँ तिम्रै हातमा परेपछि
तिमी आफैँ घुम्ने मेचमाथि सरेपछि
पजेरोमा यात्रा थालेर छोराछोरी विदेशी स्कुलमा हालेर
जम्बो टोलीसँगै विदेश यात्रा सुरु गरेदेखि
करोडौंको महलमा लाखौँको पलङमा सुतेपछि
काँडामाथि टेक्ने तीन करोड जनताका भावना कुल्चेर
एकाएक कसरी बदलियौ हँ ?

०००
रचनाकालः माघ २०, २०७६
बेलबारी, मोरङ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
गधा र मेरो यात्रा

गधा र मेरो यात्रा

तिला लेकाली
म आधुनिक मान्छे

म आधुनिक मान्छे

तिला लेकाली
कसरी बदलियौ हँ ?

कसरी बदलियौ हँ ?

तिला लेकाली
आमा बनेको दिन

आमा बनेको दिन

तिला लेकाली
केही हाइकु

केही हाइकु

तिला लेकाली
हाइकुको बथान

हाइकुको बथान

तिला लेकाली
सिंहदरबार

सिंहदरबार

भोलानाथ सुबेदी
हाँसो

हाँसो

हरिप्रसाद घिमिरे
बेहुली घाम

बेहुली घाम

तारा पराजुली
उमेर र मन

उमेर र मन

नम्रता गुरागाइँ
पुरूषको जुनी हुन पाइनँ

पुरूषको जुनी हुन पाइनँ

कमला पन्थी अधिकारी
वृद्धका कष्ट

वृद्धका कष्ट

कल्पना अधिकारी
0
Would love your thoughts, please comment.x
()
x