साइबर अपराध सम्बन्धी सचेतना सामग्री

दुनो सोझ्याउनु होस्

भाषण ठोक्दै लोकतन्त्रमा जित्नु र हार्नु सौन्दर्य लोकतन्त्रको भन्दै पटक पटक आफ्नै दुनो सोझ्याउनु होस् अरु जे गरुन् बाँचुन वा मरुन् खानुहोस् मज्जाले खानुहोस् ।

Nepal Telecom ad

श्रमशील
पक्षमा लागेर
पटक पटक
चाकरी
चाप्लुसी
अनि
मालिस
गर्नुहोस् चाहिन्छ
वा
घुक्र्याएर
थर्काएर
अर्को मान्छे लगाएर
परिणाम आफ्नो
पोल्टोमा पार्नुहोस्
गल्ती देखाउनुहोस्
अर्काले हो भनेर
स्वाद लिनुहोस्
मेरा कर्म
मेरो भाग्य
खाएँ त के भो
भन्नु होस्
जता चल्छ हावा
जस्तो बग्छ लहर
त्यतै त्यतै लाग्नुहोस्
मूलतः दुनो सोझाउनुहोस्
पैसा कमाउनु होस्
कर छल्नु होस्
आलो पालो
फेर्नु होस् पार्टी
खानुहोस् स्वाद लिएर
सर्वकालिक
सार्वजनिक
सर्वमान्य (?)
नेता जस्तै बनेर
अजम्बरी / अमर
बन्नुहोस्
अरु हुन् कार्यकर्ता
अरु हुन् कमजोर
बनाएर अरुलाई दास
मालिक बन्नुहोस्
अलि
भाषण ठोक्दै लोकतन्त्रमा
जित्नु र हार्नु
सौन्दर्य लोकतन्त्रको भन्दै
पटक पटक आफ्नै
दुनो सोझ्याउनु होस्
अरु जे गरुन्
बाँचुन वा मरुन्
खानुहोस्
मज्जाले खानुहोस् ।

०००
गोरखा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नयाँ जोगी र नयाँ पाठ

नयाँ जोगी र नयाँ...

तेजविलास अधिकारी
दुई ठोक्तक

दुई ठोक्तक

तेजविलास अधिकारी
एउटा निर्जीव आकृति

एउटा निर्जीव आकृति

तेजविलास अधिकारी
केही ठोक्तक

केही ठोक्तक

तेजविलास अधिकारी
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x