बालबालिकालाई मोबाइलको लतबाट जोगाऔ

विश्व शाक्यका दुई कविता

नेपालका छोराहरू शान्तिकै लागि जङ्गल पसे मार्नेहरूले मार्नु मारे, मर्नेहरू मर्नु मरे, बाँचेकाहरूले देश लुट्नु लुटे र ती शुद्ध भए ।

Nepal Telecom Spring Offer

१. नयाँ नेपाल

उहिले उहिले मान्छेहरू
प्रजातन्त्र प्रजातन्त्र भनि कराउँथे
नेपालमा
प्रजातन्त्र, नआएको पनि होइन, आयो ।
प्रजातन्त्रले
नेपालीको गरिवी तन्त्र ठेग्न सकेन
र, प्रजातन्त्र राजतन्त्रमा परिणत भयो ।
हिजो, मान्छेले
लोकतन्त्र लोकतन्त्र भने
नेपालमा लोकतन्त्र पनि आयो ।
लोकतन्त्रले पनि
नेपालीको भोकतन्त्रलाई ठेग्न सकेन
र, लोकतन्त्र भागतन्त्रमै सिमीत भयो ।
आज फेरि मान्छेहरू
गणतन्त्र गणतन्त्र भन्दैछन्,
राष्ट्रपति बन्न चाहनेहरू
राष्ट्रपति पनि बन्दैछन् ।
फेरि पनि विगत र वर्तमानलाई हेर्दा
कताकतै मनमा चिसो पस्छ,
नयाँ नेपाल बनाउँछु भन्नेहरू
नयाँ नेपालको जग खन्दैछन्
वा नेपाल खण्डहर बन्दैछन् ।
भन्नलाई त ‘नयाँ नेपाल’ भन्दैछन् ।

२. शान्तिका लागि

२५०० वर्ष अगाडि
नेपालको एउटा छोरो
शान्तिका लागि
राजपाठ सबै त्यागी
जङ्गल पसे,
मनको विकार मारे
र बुद्ध भए ।

२५०० वर्ष पछाडि
तिनै
नेपालका छोराहरू
शान्तिकै लागि
जङ्गल पसे
मार्नेहरूले मार्नु मारे,
मर्नेहरू मर्नु मरे,
बाँचेकाहरूले देश लुट्नु लुटे
र ती शुद्ध भए ।

शान्ति, शान्ति जप्दाजप्दै,
आजसम्म,
न म बुद्ध बन्न सकेँ ! ?
न म शुद्ध नै बन्न सकेँ ! ?

०००
पोखरा

Fitkauli Publication Books comming soon
Nepal Telecom Spring Offer
पदवी र विभूषण नदेऊ सरकार

पदवी र विभूषण नदेऊ...

शम्भु जमरकट्टेल हेदाङ्ने
फोटो खिचाउने तालिम

फोटो खिचाउने तालिम

रामदेव पाण्डे
काठमाण्डू

काठमाण्डू

अर्जुन पराजुली
डेँगू

डेँगू

डा. रामप्रसाद ज्ञवाली
कुकुरदेखि सावधान !

कुकुरदेखि सावधान !

गाेपाल काफ्ले