साइबर अपराध सम्बन्धी सचेतना सामग्री

विश्व शाक्यका दुई कविता

नेपालका छोराहरू शान्तिकै लागि जङ्गल पसे मार्नेहरूले मार्नु मारे, मर्नेहरू मर्नु मरे, बाँचेकाहरूले देश लुट्नु लुटे र ती शुद्ध भए ।

Nepal Telecom ad

१. नयाँ नेपाल

उहिले उहिले मान्छेहरू
प्रजातन्त्र प्रजातन्त्र भनि कराउँथे
नेपालमा
प्रजातन्त्र, नआएको पनि होइन, आयो ।
प्रजातन्त्रले
नेपालीको गरिवी तन्त्र ठेग्न सकेन
र, प्रजातन्त्र राजतन्त्रमा परिणत भयो ।
हिजो, मान्छेले
लोकतन्त्र लोकतन्त्र भने
नेपालमा लोकतन्त्र पनि आयो ।
लोकतन्त्रले पनि
नेपालीको भोकतन्त्रलाई ठेग्न सकेन
र, लोकतन्त्र भागतन्त्रमै सिमीत भयो ।
आज फेरि मान्छेहरू
गणतन्त्र गणतन्त्र भन्दैछन्,
राष्ट्रपति बन्न चाहनेहरू
राष्ट्रपति पनि बन्दैछन् ।
फेरि पनि विगत र वर्तमानलाई हेर्दा
कताकतै मनमा चिसो पस्छ,
नयाँ नेपाल बनाउँछु भन्नेहरू
नयाँ नेपालको जग खन्दैछन्
वा नेपाल खण्डहर बन्दैछन् ।
भन्नलाई त ‘नयाँ नेपाल’ भन्दैछन् ।

२. शान्तिका लागि

२५०० वर्ष अगाडि
नेपालको एउटा छोरो
शान्तिका लागि
राजपाठ सबै त्यागी
जङ्गल पसे,
मनको विकार मारे
र बुद्ध भए ।

२५०० वर्ष पछाडि
तिनै
नेपालका छोराहरू
शान्तिकै लागि
जङ्गल पसे
मार्नेहरूले मार्नु मारे,
मर्नेहरू मर्नु मरे,
बाँचेकाहरूले देश लुट्नु लुटे
र ती शुद्ध भए ।

शान्ति, शान्ति जप्दाजप्दै,
आजसम्म,
न म बुद्ध बन्न सकेँ ! ?
न म शुद्ध नै बन्न सकेँ ! ?

०००
पोखरा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
लाहुरेकाे हुर्मत

लाहुरेकाे हुर्मत

विश्व शाक्य
धर्मपुराण

धर्मपुराण

विश्व शाक्य
दुई छोटा कविता

दुई छोटा कविता

विश्व शाक्य
लाैराेकाे जात थर

लाैराेकाे जात थर

विश्व शाक्य
बोक्सीका ताजा बात- ९

बोक्सीका ताजा बात- ९

गायत्री परिरोशनी
माटोबाट पलाएर माटोमै

माटोबाट पलाएर माटोमै

अनिता काेइराला
बिचरा झोलेहरु

बिचरा झोलेहरु

फित्काैली डटकम
सिंहदरबार

सिंहदरबार

भोलानाथ सुबेदी
0
Would love your thoughts, please comment.x
()
x