होम सुवेदीप्रजातन्त्र छ सारै अँध्यारो
कतै छिल्लियो कि कतै इत्रियो कि बलात्कार गर्दै कतै भित्रियो कि उता पश्चिमी देशको हो भरौटे ---त्यो उतैबाट नै मुन्टियो कि । लुते भाँड जस्तो छ खैरेहरूको उतैका लिखौरे र भैरेहरूको

बलात्कार अन्याय हत्या र चोरी
प्रजातन्त्रका हुन् कि छोरा र छोरी
कता सोध्नु मैले छ यो प्रश्न मेरो
प्रजातन्त्र —- छ सारै अँधेरो ।।
बडो भक्तिले दीप बत्ती जलाई
पुजेका थियौँ यो प्रजातन्त्रलाई
यता आउनै पो डरायो कि क्या हो
प्रजातन्त्र —- हरायो कि क्या हो ।।
कतै छिल्लियो कि कतै इत्रियो कि
बलात्कार गर्दै कतै भित्रियो कि
उता पश्चिमी देशको हो भरौटे
—त्यो उतैबाट नै मुन्टियो कि ।
लुते भाँड जस्तो छ खैरेहरूको
उतैका लिखौरे र भैरेहरूको
यता त्यो —- को कुनै काम छैन
उभन्दा ठुला छन् यहाँ ठाम छैन ।।
उताको धतङ्गो उतै बाँध्नुपर्छ
यता आउँदा लात्तले खाँद्नु पर्छ
—- त्यो यहाँ आउनै राख्छ चाख
समातेर बाँधी पछारेर राख ।।
(नोट :: खाली ठाउँमा छन्दमा मिल्ने अश्लील र गालीका नेपाली शब्द भरेर पढ्नुहोला ।)
०००
भद्रपुर, झापा
Subscribe
Login
0 Comments
Oldest







































