साइबर अपराध सम्बन्धी सचेतना सामग्री

केके जिलायौ भन

माग्ने हो ! परदेशबाट महँगो झोली मगायौ किन ,यस्तै चाल हुने भए रगतको खोली बगायौ, किन वैरीका अघि लम्पसारजसरी मत्था गिरायौ किन, आफ्नै सन्ततिमा अभाव छ जिमी भैया छिरायौ किन ।

Nepal Telecom ad

सत्तामोह धरी निरीह जनता भुट्नेहरू हो सुन
नेताका पगरी गुथेर दुनियाँ कुट्नेहरू हो सुन
मासी अब्बल खेत काननहरू बारी बिरायौ किन
निर्दोषी जनमा अपार ऋणको भारी भिरायौ किन ॥१

संन्यासीसरि गेरुवा रङ घसी लुट्नेहरू हो सुन
अर्काका धन चुस्न मच्छर बनी जुट्नेहरू हो सुन
फाली एक नरेश फेरि भरिए राजा हजारौँ किन
घोच्यो चित्त चसक्क छन् अझ यहीँ धाँजा हजारौँ किन ॥२

हाम्रा मौलिक कानुनी हकहरू मिच्नेहरू हो सुन
भोका जीवनका अमूल्य सपना घिच्नेहरू हो सुन
आफ्नै बन्धुहरू मिलेर नबसी कित्ता बनायौ किन
निःसङ्कोच लुटेर राज्यढुकुटी रित्ता बनायौ किन ॥३

कुर्सीकामदमा भुली स्वजनमा फुट्नेहरू हो सुन
नामी पण्डितझैँ महागफ सदा चुट्नेहरू हो सुन
सत्तासामलमा बडा पद बुनी नाता छिरायौ किन
काशी जानु थियो कुती पथ चुनी बाटा बिरायौ किन ॥४

झूटा स्वप्न छरी छिरी कचहरी उङ्नेहरू हो सुन
साक्षीझैँ दुधको कुँडेमुख गरी रुङ्नेहरू हो सुन
भ्रष्टैभ्रष्ट छिरेर देश लुछिँदा कोको पछार्‍यौ भन
बाँड्यौ नोट दह्रै छिर्‍यौ महलमा केके लछार्‍यौ भन ॥५

खाना खाइसकी चुठेर थलिया थुक्नेहरू हो सुन
सोफामा सजिएर ग्राम्यजनमा भुक्नेहरू हो सुन
भोका रुग्ण अशक्त दीनजनमा केके दिलायौ भन
घ्याम्पाका मतियार हो ! मुलुकको केके जिलायौ भन ॥६

माग्ने हो ! परदेशबाट महँगो झोली मगायौ किन
यस्तै चाल हुने भए रगतको खोली बगायौ किन
वैरीका अघि लम्पसारजसरी मत्था गिरायौ किन
आफ्नै सन्ततिमा अभाव छ जिमी भैया छिरायौ किन ॥७

०००
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
भताभुङ्ग भएछ देश

भताभुङ्ग भएछ देश

दिनेश पाण्डेय
बाबु र आमा

बाबु र आमा

दिनेश पाण्डेय
कहाँ जिरा कहाँ नुन

कहाँ जिरा कहाँ नुन

दिनेश पाण्डेय
जलो चलो भलो हलो र फलो साथी

जलो चलो भलो हलो...

दिनेश पाण्डेय
टिकाकाे आशीर्वाद

टिकाकाे आशीर्वाद

दिनेश पाण्डेय
चाहिन्न भो ! मलाई

चाहिन्न भो ! मलाई

दिनेश पाण्डेय
बुढेसकालमा बुढोले थपे बिछ्याउना

बुढेसकालमा बुढोले थपे बिछ्याउना

रणबहादुर बुढाथोकी ‘भैया’
‘नेतारोग’ लागेको मान्छे !

‘नेतारोग’ लागेको मान्छे !

राजेन्द्र तारकिणी
मोबाइल

मोबाइल

उत्तम विचार
भाषा कविता

भाषा कविता

खगेन्द्र नेउपाने
बादल र मानिस

बादल र मानिस

लक्ष्मण नेवटिया
0
Would love your thoughts, please comment.x
()
x