साइबर अपराध सम्बन्धी सचेतना सामग्री

लाजै लजाएपछि

खाडीमा दिनरात बग्छ पसिना उम्रिन्छ रे बालुवा । बाक्साभित्र सुतेर फिर्छ सपना वैलाउँछन् पालुवा ॥ माटो उर्वरता सखाप घरले घरै बनाएपछि । सारा भाव अभाव बन्छ दुनियाँ लाजै लजाएपछि ॥

Nepal Telecom ad

निभ्ला दीप हुँदैछ हेर मधुरो उर्जा गयो सिद्धिदैँ ।
ब्वाँसा बाँदर पालिए घरघरै भान्सा गयो रित्तिँदै ।
लुट्नेको मन मिल्छ एकछिनमै साझा बनाएपछि ।
भाग्छन् नैतिकता सधैँ मुलुकमा लाजै लजाएपछि ॥१॥

आफ्नो साख लिलाम लाम पहिल्यै सत्ता र भत्ता लिई ।
नाच्छन् भालु यता उता डिबडिबे मात्रै इसारा दिई ॥
आत्मा बेच्छ कठै नराधम स्वयम् आस्था भजाएपछि ।
ठान्छन् गौरव नग्नले मगनमा लाजै लजाएपछि ॥२॥

बाख्रा बाघ अनेक बाँदरहरू चिन्नै नसक्ने जन ।
आफ्नो मुक्ति खुलेन भित्र दिलमा दाशत्वप्रेमी मन ॥
आफ्नै भाग्य झिकेर दिन्छ बबुरो हड्डी चपाएपछि ।
भाग्छन् बस्त्र लगाउने जनहरू लाजै लजाएपछि ॥३॥

खाडीमा दिनरात बग्छ पसिना उम्रिन्छ रे बालुवा ।
बाक्साभित्र सुतेर फिर्छ सपना वैलाउँछन् पालुवा ॥
माटो उर्वरता सखाप घरले घरै बनाएपछि ।
सारा भाव अभाव बन्छ दुनियाँ लाजै लजाएपछि ॥४॥

छैनन् बीज किसानका पहुँचमा छैनन् कतै नै मल ।
आफ्नो भूमि बनेछ शुष्क सहजै बेचिन्छ अन्तै जल ॥
यी सारा घटना हुनै पनि थियो ब्वाँसा पसाएपछि ।
लज्जाका कविता नलेख कविले लाजै लजाएपछि ॥५॥

०००
२०८०/०१/०१
शुक्रबार, कीर्तिपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x