साइबर अपराध सम्बन्धी सचेतना सामग्री

जनताको तागत !

पुर्खाको धर्म मासेर हामी बढौँला कसरी तरेर खोला बिर्सेर लौरो पुगौँला कसरी चढेर सिँढी बिर्सियौ वाचा गरेको भाषण पन्यूँ र डाडु लिएर बस्छौ जमाई आसन ।

Nepal Telecom ad

हिमाली वीर बस्नेथ्यौँँ यहाँ रमिता हेरेर
गर्नेले जिते नाच्नेथ्यौँ यहाँ मुहार फेरेर
वृषभ बस्छन् डोबाटो कुरी कोरेली देखेर
पाइन्न त्यसै ल्याउनुपर्छ भाग्यमा लेखेर ।

पसिना सोस्छन् हुँदैन केही देशमा बसेर
लगाई भिसा विदेश पसूँ बसौँला जमेर
अग्रज बस्छन् कुँडेको छेउ बिरालो बनेर
पाइन्न दुध ढाडेले चाट्छ मियाउँ भनेर ।

पुर्खाको धर्म मासेर हामी बढौँला कसरी
तरेर खोला बिर्सेर लौरो पुगौँला कसरी
चढेर सिँढी बिर्सियौ वाचा गरेको भाषण
पन्यूँ र डाडु लिएर बस्छौ जमाई आसन ।

देखौला अब फर्कन्छु म त खन्ने छु इनार
बनेर बाढी बगाऊँ भ्रष्ट पुर्‍याई किनार
झुल्किए रवि स्वर्णिम  युग आउँछ हेरौँला
तागत हाम्रो कत्ति छ कत्ति भएन फेरौँला ।

०००
२०८० वैशाख १५
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बिचरा झोलेहरु

बिचरा झोलेहरु

फित्काैली डटकम
सिंहदरबार

सिंहदरबार

भोलानाथ सुबेदी
हाँसो

हाँसो

हरिप्रसाद घिमिरे
बेहुली घाम

बेहुली घाम

तारा पराजुली
उमेर र मन

उमेर र मन

नम्रता गुरागाइँ
0
Would love your thoughts, please comment.x
()
x