साइबर अपराध सम्बन्धी सचेतना सामग्री

काटिदेऊ शुक्रनली र बन्द गर डिम्बद्वार

शुक्रप्रवेशको डिम्बद्वार थुनिदेऊ त्यो पाठेघर जहाँबाट कहिल्यै नजन्मिउन् लालसाका भोका उन्मत्त छोटेबडे राजकुमारहरू राजकुमारीहरू राजाहरू महाराजाहरू रानीहरू महारानीहरू कहिल्यै नअघाउने दुरात्माहरू ।

Nepal Telecom ad

देवराज तिवारी :

कसरी लाग्छ कसैलाई
कसले भन्छ यति विश्वासले
कि
यो सानो कुरा थियो
मिथ्या आरोप थियो
बनाउनेले तिललाई पहाड बनाए
कुर्लिन्छ एउटा आबाज, जहाँबाट एउटा अपाङ्ग राज्य चल्छ ।

जुन घरबाट
आचारलाई अचार बनाएर खाइएको छ
विचारलाई चारो बनाएर सुकाइएको छ
मिलाई मिलाई बालुवाको साम्राज्यबाट
अनेक अङ्कहरूको तालमेल
जोखेर फरक फरक तराजुमा
गणितका अनेक अनेक जोडघटाउ
ब्रह्माजीको मिनेट जसरी
दौडाएर धनको मिटर गति
जहाँ
गर्छ मूल्यको सौदाबाजी
एउटा पुँजीपति गरिबको नाममा
र खोल्छ गल्लावाल
चोक चोकमा शरणार्थी पसल
र बनाउँछ बन्धक
उसको परिचयपत्रको नेपाली कागज
र बेचिदिन्छ
उसैको पैसामा
उसैको पुर्खाले कमाएर दिएको उसको स्वाधीन परिचय ।

अनि सुरु गर्छ
बनाएर नयाँ अध्यायको नौलो बजार
दिउँसै रात पार्ने गुरु योजना
मानवको वैधानिक बिक्री त चलाएकै थियो
नअघाएपछि लालची पेट
खोल्छ अवैध उद्योग
र जन्माउँछ नयाँ नयाँ शरणार्थी शिविरहरू ।

एउटा समाजसेवी नामको द्रव्यपिशाच
भट्किँदै भट्किँदै कसरी सरिक हुन्छ-
मानव बेच्ने उद्योगमा
चिलगाडी चपाई खाने व्यवसायमा
सरकारी जमिन हडप्ने धन्धामा
ओखती कमिसनको चक्करमा
एम्बुलेन्सको टायरमा
जहाँ बालुवाटार समृद्धिको टावरमा बसेर
बनाउँछ सिंहदरबारको बारमा बसेर
एउटा भठ्ठीवाल देश चलाउने नामुद गुरुयोजना
जमिनबाट लुकिचोरी धम्क्याइवरी ल्याएको शक्तिमा जमेर
तान्डब नाच्छ एउटा दुखी आत्मा
र भड्किन्छ भ्याट ! भ्याट ! भ्याट !
र तनतनी पिउँछ पैसाको मादक झोल
चपाउँछ देश छोड्न भट्किएका अकर्मण्य हातहरू
ङिच्च हाँस्छ एउटा निर्लज्ज अभिभावक
बिनाकुनै राजकीय दायित्व
जहाँ बसेर कुरीकुरी गर्दै
गिज्याइरहेछ एक्काइसौँ शताब्दीले
मध्ययुगीन त्यो युरोपलाई
सोह्रौँ सत्रौँ शताब्दीको पश्चिमी दुषात वायुलाई पनि ।

स्यालको धर्म हुन सक्दछ
गुजार गर्न कुखुरा चोर्नु
सिंहको धर्म मान्न मिल्छ
बाँच्नलाई प्राणीको सिकार गर्नु
तर जब
शक्ति लिएरै मुसा जस्ता बन्छन् शासकहरू
छुचुन्द्रा जस्ता बन्छन् गणेश पथगामीहरू
जहाँतहीँ प्वालैप्वाल बनाउँछन्
चिल्लै चिल्लो पुर्याउँछन्
सुरुङ्को हरेक मार्ग आफ्नै आलिसान कटेरोमा छिराउँछन्
अनि पो छिर्छन् मानव वस्तीमा
र थाल्छन् आश्वासनको आक्रमण निम्छराहरूतिर
हौसिएर अझै लिलाम बढाबढ गर्न थाल्छन्
अकुत धनराशिले उन्मत्त भएपछि
जुन दिन हौसिन थाल्छन्
स्याल र ब्वाँसाहरू
सर्प र गिद्धहरू
सिद्धी बिनाका सिद्धहरू
गर्जिन थाल्छन् दाँत झरेका सिंहहरू
त्यसैदिन तानिन्छन् तिनका लादी सोत्तर पारेर
च्यातिन्छन् तिनका नसा पनि
र बग्न थाल्छन् रगतका फाल्सा फाल्सामा इज्जतका इजारहरू
छरपस्ट हुन्छन् सडकभरि गौरवका गोबरहरू ।

हो गरिदेऊ यस्तै मौका मिलाएर
तिनको पुरुषत्वको बन्ध्याकरण
काटिदेऊ तिनको मात्तिएको
शुक्रवाहिनी नली
अनि बन्द गरिदेऊ तिनको उत्ताउलो
शुक्रप्रवेशको डिम्बद्वार
थुनिदेऊ त्यो पाठेघर
जहाँबाट कहिल्यै नजन्मिउन्
लालसाका भोका
उन्मत्त छोटेबडे
राजकुमारहरू
राजकुमारीहरू
राजाहरू
महाराजाहरू
रानीहरू
महारानीहरू
कहिल्यै नअघाउने दुरात्माहरू ।

मतिभ्रष्टको कुनै वर्ग, लिङ्ग र जात हुन्छ त ?
नफ्याँके काँढा फूलको कहिल्यै प्रभात हुन्छ त ?

०००
२०८० जेठ ३ गते
रुपन्देही, हाल- हेटौडा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
लाज लागेजस्तो

लाज लागेजस्तो

देवराज तिवारी
‘हुइयाँ’

‘हुइयाँ’

देवराज तिवारी
पाँच ठोक्तक

पाँच ठोक्तक

देवराज तिवारी
माथि पुग्नुस्

माथि पुग्नुस्

देवराज तिवारी
पाँच थान ठोक्तक

पाँच थान ठोक्तक

देवराज तिवारी
सपनामाथि तपाईंहरु कत्तिको विश्वास गर्नुहुन्छ…?

सपनामाथि तपाईंहरु कत्तिको विश्वास...

राजेन्द्रप्रसाद अधिकारी
बिदा र हल्लाको देश !

बिदा र हल्लाको देश...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
हो स्वर्ग मेरो घर

हो स्वर्ग मेरो घर

बालकृष्ण खनाल
ट्राफिक जाम

ट्राफिक जाम

डा. दामाेदर पुडासैनी किशाेर
मान्छे

मान्छे

साधुराम खड्का
0
Would love your thoughts, please comment.x
()
x