साइबर अपराध सम्बन्धी सचेतना सामग्री

ए ! धनी देशको धनी शहर !

भोको पेटलाई भरोसा नभएको खान पाइने आशको आश्वासनले थुम्थुम्याउँदै हराएको निन्द्रा पर्खिरहेका होमलेसहरू सबै तिम्रै शहरका बासिन्दा होइनन् र ?

Nepal Telecom ad

नारायण भट्टराई :

छातीमा गगनचुम्बी भवनहरू ठड्याएर
सडकमा करोडौंका गाडीहरू गुडाएर
चोक चोकमा कर्पोरेट बजार खुलाएर
मानिसलाई उपभोगवादी संस्कारको
कहिलै नसकिने भुलभुलैयामा भुलाएर
सम्पन्नताको अमुर्त मिर्गतृष्णामा झुलाएर
तिमी आफूलाई सभ्य आधुनिक
शहरको दर्जामा राख्छौ होइन ?

तर तिमीले कहिलै देखेका छौ
आफ्नो घर बार र गरिखाने आधार गुमाएर
सडकको शरण परेका ती सडकबासीहरूको
टिठलाग्दो दैनिक
सडकभरी छरिएको आचीको रास र डल्लासँग
जोगिंदै मुख छोपेर हिंड्न बाध्य यात्रुहरूको विवशता
गाँजाको धुवाँको मुस्लोमा गरिबी र अभावको खडेरीले
जलेको जीवन उडाइरहेका दुव्र्यसनीहरूको दुर्दशा

टेस्ला र मर्सिडिजमा हुइँकिने
पाँचतारे होटलमा ह्वीस्की र ब्रान्डीको चुस्की लिंदै
आरामदायी सोफामा विराजमान अमिरहरू
र होटलको बाहिर सडकको किनारामा
चिसो भुइँको ओछ्यानमा आकाश ओडेर
भोको पेटलाई भरोसा नभएको खान पाइने
आशको आश्वासनले थुम्थुम्याउँदै
हराएको निन्द्रा पर्खिरहेका
होमलेसहरू सबै तिम्रै शहरका बासिन्दा होइनन् र ?

०००
अल्वानी, क्यालिफोर्निया

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बेहुली घाम

बेहुली घाम

तारा पराजुली
उमेर र मन

उमेर र मन

नम्रता गुरागाइँ
पुरूषको जुनी हुन पाइनँ

पुरूषको जुनी हुन पाइनँ

कमला पन्थी अधिकारी
वृद्धका कष्ट

वृद्धका कष्ट

कल्पना अधिकारी
माटाेका कुरा गराैँ

माटाेका कुरा गराैँ

उत्तमकृष्ण मजगैयाँ
उज्यालो देखिएन त ?

उज्यालो देखिएन त ?

कणाद महर्षि
0
Would love your thoughts, please comment.x
()
x