साइबर अपराध सम्बन्धी सचेतना सामग्री

वर्तमानमा भानुस्मृति

हे भानो ! यतिखेर सङ्गति ढली, भाषा भयो घाइते । हिज्जे अङ्ग अपाङ्ग दुर्बल गरी, नाच्छौँ कयौँ काइते ॥ झर्रा देशज शब्द मास्न कसिए, के भन्नु खै बुज्रुक ? भाषा संस्कृति छाँस्न उद्यत भई, सोझ्याउँछन् घुच्चुक ॥

Nepal Telecom ad

बद्रीप्रसाद दाहाल

नेपाली कविकुञ्जका मखमली, जाई जुएली तिमी ।
तिम्रा श्लोक घनक्क घन्किन पुगी, मुस्काउँछिन् रे जिमी ॥
भाषावाङ्मय व्योेमका चहकिला, साक्षात् तिमी भास्कर ।
रोप्यौ राष्ट्रिय एकता मुलुकमा, हाम्रा तिमी भार्गव ॥
॥१॥

चाम्रा दुष्ट र भ्रष्ट उग्र कपटी, जो कर्मचारी थिए ।
भन्थे भोलि सधैं दलेर जनता, अत्यन्त स्वार्थी थिए ॥
नीचा कर्महराम दुर्जन कथा, लेखेर बाटो लियौ ।
तिम्रा साहस चुम्दथ्यो हिमचुली, संस्कार नौलो दियौ ॥
॥२॥

हे भानो ! यतिखेर सङ्गति ढली, भाषा भयो घाइते ।
हिज्जे अङ्ग अपाङ्ग दुर्बल गरी, नाच्छौँ कयौँ काइते ॥
झर्रा देशज शब्द मास्न कसिए, के भन्नु खै बुज्रुक ?
भाषा संस्कृति छाँस्न उद्यत भई, सोझ्याउँछन् घुच्चुक ॥

॥३॥
शिक्षाका पगरी गुथेर अहिले, पण्डा छँटाए कयौँ ।
शोधार्थी सतही बनेर किन हो, कुर्लीरहन्छन् सयौँ ॥
यस्ता बेथितिका विरुद्ध कलमी स्रष्टा र प्राध्यापक ।
भाषा वाङ्मय भानुकै किरणमा, चम्काइद्यौ लेखक ॥

०००
धादिङ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
देश ?

देश ?

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
नाैलाे युग, अभिनव वहार ? 

नाैलाे युग, अभिनव वहार...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
जिन्दावाद र मुर्दावादको चक्रव्यूह !

जिन्दावाद र मुर्दावादको चक्रव्यूह...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
जय- बोली, बन्न सक्दैन गोली !

जय- बोली, बन्न सक्दैन...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
बिदा र हल्लाको देश !

बिदा र हल्लाको देश...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
मेरो सपनामा केही शब्द र प्राणी !

मेरो सपनामा केही शब्द...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
कालो भयो उर्वरा

कालो भयो उर्वरा

माधव पोखरेल गोज्याङ्ग्रे
सल्लाह दिने सयौँ यहाँ, साथ दिने कोही छैन

सल्लाह दिने सयौँ यहाँ,...

लक्ष्मण नेवटिया
भर्चुअल बाढी

भर्चुअल बाढी

नन्दलाल आचार्य
सिंहदरबारको ढोका

सिंहदरबारको ढोका

लक्ष्मी रिजाल
म प्राज्ञ

म प्राज्ञ

बिन्दु दहाल ‘मूकदर्शक’
धोती समा बाउरे

धोती समा बाउरे

बालकृष्ण खनाल
0
Would love your thoughts, please comment.x
()
x