साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भानु आऊ मिलाऊ

घाँसी तिम्रा गुरु हुनगए धन्न सोती हुनाले । गाली बर्से पररर अहो ! चोट केही दिनाले ॥ नेपालीको सुपथ दिल होस् भानु आऊ समाऊ भाषा हाम्रो खजमज भयो भानु आऊ मिलाऊ ॥

Nepal Telecom ad

कविराज घिमिरे

तिम्रो हामी अतुल महिमा लेख्न सक्छौँ असाध्यै ।
गर्दै आयौ सहजगतिको काव्य विस्तार ज्यादै ॥
नेपालीका प्रथम कवि हौ विद्वतामा महान् छौ ।
उल्था गर्दै कठिन पदका सार खिच्तै दिलायौ ॥१

को बुझ्थे संस्कृत जटिलता रामका दिव्य कार्य ।
को भन्थे ती लक्षुमन कथा राम हुन् उच्च आर्य ॥
सीताजीका कहर दिन ती गन्नसक्ने थिएनौँ ।
लङ्काजस्तो सहर महिमा बुझ्नसक्ने थिएनौँ ॥२

पढ्छौँ रामायण खरर जो भन्नसक्छौँ मुखाग्रे ।
बुझ्छौँ सारा अतिशय कथा राक्षसीका मजाले ॥
कस्तो हो रावण अति सुरो लान्छ सीता छलेर ।
मैमत्ता हो असुर ननिको मर्छ आफैँ ढलेर ॥३

गाल्दा गाल्दा रसमय कथा पूर्ण छन् भाष्य गर्दा ।
कस्तो तिम्रो सघन बल हो ज्ञान आयो निचोर्दा ॥
तिम्रो आभा गगन तलमा भानु चम्किन्छ नित्य ।
भाषाप्रेमी मन मुटु दियौ भानु जिउन् अनन्त ॥४

तिम्रा हुन्छन् अति सुगठिला स्वच्छ साहित्य चोखा ।
शिक्षा दिन्छौ सबकन तिमी छन्द आफैँ छ शोभा ॥
मोतीजस्ता प्रिय मन हुँदा मित्रको स्वाद पायौ ।
तिम्रो चर्चा घरघर पुगी सभ्य संस्कार लायौ ॥५

घाँसी तिम्रा गुरु हुनगए धन्न सोती हुनाले ।
गाली बर्से पररर अहो ! चोट केही दिनाले ॥
नेपालीको सुपथ दिल होस् भानु आऊ समाऊ
भाषा हाम्रो खजमज भयो भानु आऊ मिलाऊ ॥६

०००
भक्तपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
आधार ज्येष्ठको होस् !

आधार ज्येष्ठको होस् !

कविराज घिमिरे
वृद्धका सकसको …

वृद्धका सकसको …

कविराज घिमिरे
वृद्ध हुन् कि वा युवा…

वृद्ध हुन् कि वा...

कविराज घिमिरे
कालो भयो उर्वरा

कालो भयो उर्वरा

माधव पोखरेल गोज्याङ्ग्रे
सल्लाह दिने सयौँ यहाँ, साथ दिने कोही छैन

सल्लाह दिने सयौँ यहाँ,...

लक्ष्मण नेवटिया
भर्चुअल बाढी

भर्चुअल बाढी

नन्दलाल आचार्य
सिंहदरबारको ढोका

सिंहदरबारको ढोका

लक्ष्मी रिजाल
म प्राज्ञ

म प्राज्ञ

बिन्दु दहाल ‘मूकदर्शक’
धोती समा बाउरे

धोती समा बाउरे

बालकृष्ण खनाल
0
Would love your thoughts, please comment.x
()
x