सुरेशकुमार पाण्डेप्रेरणा घाँसीको !
उनले घाँसीको त्यो बिचारलाई आफ्नो प्ररेणाको श्रोत बनाउने निर्णय गर्छन् र त्यहाँबाट आफ्नो गनतव्यतर्फ लाग्छन् ।

सुरेशकुमार पाण्डे
ठुलो चेप्टो ढुङ्गामाथि मस्त निन्द्रामा सुतेको युवा झसङ्ग भएर ब्युँतिन्छ । उठेर यता उता नियाल्छ अलिपर एकजना घाँसीले घाँस काट्दै थियो । त्यो देखेर युवा भक्तलाई उसको बारेमा बुझ्ने उत्सुकता जाग्छ !
‘ए दाइ ! यतिका घाँस काटेर के गर्छौ ?”- भक्तले युवालाई सोध्छन् ।
म गरिब मान्छे यही मेरो पेसा हो । घाँसलाई बजारमा बेच्छु र जिविकोपार्जन गर्छु । अनि एउटा कुवा खनाउँदै छु ।”-घाँसीले भन्यो ।
‘कुवा किन केका लागि ?’- भक्तले आश्चर्य हुँदै सटिकमा सोधे !
‘म गरिबलाई कसैले चिन्दैन । तर म मरिहाले पनि मलाई मानिसले सम्झिनेछन् र भन्नेछन् यो कुवा एउटा घाँसीले खनाएको हो । मैले खनाएको कुवाले धेरैको तिर्खा मेट्ने छ ।’- घाँसीले बडो विश्वासिलो भाव पोख्छ ।
घाँसीको त्यो कुराले युवाको मनभित्र छुन्छ । यो एउटा गरिब व्यक्तिको बिचारमा कति दूरदर्शिता छ । अनि म विद्वान भएर पनि यत्ति कुरा बुझ्न नसकेको । उनले घाँसीको त्यो बिचारलाई आफ्नो प्ररेणाको श्रोत बनाउने निर्णय गर्छन् र त्यहाँबाट आफ्नो गनतव्यतर्फ लाग्छन् ।
आज तिनै युवा आदिकवि भानुभक्तको नामले प्रसिद्ध छन् ।
०००
घोराही, दाङ
०८० असार २९
Subscribe
Login
0 Comments
Oldest





































