साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भट्टी बैठक

स्वर्गको टुक्रा यो देश मेरो पहिचान बोकेको यो भेष मेरो संस्कृति र कलाले निपूर्ण  संस्कार हाम्रो अति भरिपूर्ण सहिष्णुता स्वाभिमान हाम्रो ।

Nepal Telecom ad

नीलहरि काफ्ले  :

आओ साथी
आज एक पेग लगाउँ
नपिएको धेरै भयो
दुई चार प्याला रित्याउँ
आखिर लानु
के नै छ र…
जमघट गरौं
आओ साथी
आज एक पेग लगाउँ ।

जिन्दगी हो जिउनु पर्छ
बाँच्दासम्म पिउनु पर्छ
काम धन्दा गोली मार
साथी भाई रम्नु पर्छ
भेटे जति जम्नु पर्छ
रात जाओस्, दिन आउँछ
उसलाई बोलाऊ, त्यसलाई बोलाऊ
आओ साथी
आज एक पेग लगाउँ ।

साला जिन्दगी !
सम्झियो दिक्क लाग्ने
न सम्झेर खै, के गर्ने ?
परेको खाडल के ले भर्ने ?
उर्लियो नदी कसरी तर्ने
भुँडी भर्नेहरूले महल ठड्याए
हाम्रो तनाव कस्ले टेर्ने ?
लुटेरा रैछन्
फलैचामा गलैँचा सजाए,
सपना बाँडेर बिपना भजाए,
वाक्क लाग्यो शितन मगाऊ
आओ साथी
आज एक पेग लगाउँ ।

प्रमाण-पत्र सिरानी भयो
रोजगारी त भाँडमा गयो
बाबुआमा आसुँ झार्छन्
आफ्नाहरू हाँसो साट्छन्
खोटी खप्पर दःख दुख्यो
दोषी को हो ?
सुख लुक्यो
विचरा युवाहरूको
भविष्य बेचेर खाए
नदी बेचे खोला बेचेर खाए
उद्योग बेचे देशै बेचेर खाए
नीति हो या नियति हो
अस्तित्व बेचे
भावना बेचेर खाए
मन्दिर बेचे
कामना बेचेर खाए
अब त उठ जोश जगाऊ
आओ साथी
आज एक पेग लगाउँ ।

हुन त
जाँड खाएर के फुर्ती लाउनु
राम्रा छानी चुनेको भए
चोरहरूलाई थुनेको भए
ख्वाए रक्सी भोट मागेर खाए
भोट लगे नोट साटेर खाए
हामी उस्तै किन हो बिकेका
जे सिकाउँछ किन हो सिकेका
सोझोपन को फाइदा उठाएर खाए
विकासे सपना जुटाएर खाए
अति भो अब अर्को पेग लगाउँ
आओ साथी
आज एक पेग लगाउँ ।

त्यसैले
गलत गर्‍यौँ मनन् गरौँ
जाँड हैन विवेक भरौँ
गुलाम हैनौँ दासत्व किन हो
लगाम छैनौँ गन्तव्य चिन भो
सजाय दिन अब उठ्नु पर्छ
वैर भाव छोड फेरि जुट्नु पर्छ
हाम्रा हैन राम्रा खोजौँ
लठैत हैन शिक्षित रोजौँ
स्वर्गको टुक्रा यो देश मेरो
पहिचान बोकेको यो भेष मेरो
संस्कृति र कलाले निपूर्ण
संस्कार हाम्रो अति भरिपूर्ण
सहिष्णुता स्वाभिमान हाम्रो
बेची हसुरे अति भो नराम्रो
अन्तिम आज भोलि चैँ नखाउँ
आओ साथी
आज एक पेग लगाउँ
नपिएको धेरै भयो
दुई चार प्याला रित्याउँ
आओ साथी
आज एक पेग लगाउँ ।

०००
एकताबस्ती, काठमाडौं ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
लाहुर

लाहुर

नीलहरि काफ्ले
पर्दा लगाउँदैछन !!

पर्दा लगाउँदैछन !!

नीलहरि काफ्ले
लाउँछु भन्छन् !

लाउँछु भन्छन् !

नीलहरि काफ्ले
सुनकै कुम्लो बोकेर

सुनकै कुम्लो बोकेर

नीलहरि काफ्ले
के पीर भो र ?

के पीर भो र...

नीलहरि काफ्ले
आओस् नयाँ वर्ष

आओस् नयाँ वर्ष

नीलहरि काफ्ले
बेहुली घाम

बेहुली घाम

तारा पराजुली
उमेर र मन

उमेर र मन

नम्रता गुरागाइँ
पुरूषको जुनी हुन पाइनँ

पुरूषको जुनी हुन पाइनँ

कमला पन्थी अधिकारी
वृद्धका कष्ट

वृद्धका कष्ट

कल्पना अधिकारी
माटाेका कुरा गराैँ

माटाेका कुरा गराैँ

उत्तमकृष्ण मजगैयाँ
उज्यालो देखिएन त ?

उज्यालो देखिएन त ?

कणाद महर्षि
0
Would love your thoughts, please comment.x
()
x