साइबर अपराध सम्बन्धी सचेतना सामग्री

ताली बन्यो जिन्दगी

अर्कैको गुण दोष खेपिरहने, तारो बन्यो जिन्दगी । तारो भै अधिकाङ्सको नयनको, पारो बन्यो जिन्दगी ॥ कल्पेको घर भात्किएछ अहिले, गाह्रो भयो जिन्दगी । प्यारो बन्छु म भन्छु त्यो नयनको, छारो बन्यो जिन्दगी

Nepal Telecom ad

छविलाल आचार्य :

ऐया देह दुखेछ आज किन हो ? भारी बन्यो जिन्दगी ।
काँडे झाँग फुलाई नित्य रहने, घारी बन्यो जिन्दगी ॥
हुन्थे जीवनमा अनन्त सपना, खाली बन्यो जिन्दगी ।
चोटै चोट सहेर पड्किरहने, ताली बन्यो जिन्दगी ॥१॥

हाँसो बाहिर रुन्छु भित्र मनमा, पासो भयो जिन्दगी ।
आफ्नै देश छ धर्मपुत्र सरि यो, नासो भयो जिन्दगी ॥
बुझ्दा बुझ्न सकिन्न खेल्छ मनमा, चासो भयो जिन्दगी ।
चोटै चोट खपी हाँसाइरहने, हाँसो भयो जिन्दगी ॥२॥

जस्ले खन्दछ खेत जोत्छ हलिया, भोको रह्यो जिन्दगी ।
उस्को त्यो पसिना चुहेछ सहजै, डोको बन्यो जिन्दगी ॥
कैयौँ फूल फुले बसन्त ऋतुमा, बाँझो बन्यो जिन्दगी ।
अर्काकै भरमा घुमेर रहने, जाँतो बन्यो जिन्दगी ॥३॥

पानी छ्याल्ल र ब्याल्ल भो मुलुकमा, सुख्खा बन्यो जिन्दगी ।
भो भो यो जलको उखानहरुको, टुक्का बन्यो जिन्दगी ॥
खोक्रो राष्ट्रियता भिरेर जनता, भज्दैछ रे जिन्दगी ।
घिन्ताङ् मादल त्यो बजाई अरुले, नाच्दैछ यो जिन्दगी ॥४॥

अर्कैको गुण दोष खेपिरहने, तारो बन्यो जिन्दगी ।
तारो भै अधिकाङ्सको नयनको, पारो बन्यो जिन्दगी ॥
कल्पेको घर भात्किएछ अहिले, गाह्रो भयो जिन्दगी ।
प्यारो बन्छु म भन्छु त्यो नयनको, छारो बन्यो जिन्दगी ॥५॥

मेरो रम्य हिमाल पग्लिन पुग्यो, पग्लिन्न त्यो जिन्दगी ।
झुट्टा दम्भ र निर्विवेक पनले, अग्लिन्न त्यो जिन्दगी ॥
छन् ती औसरवाद मुर्ख घटिया, जाली बन्यो जिन्दगी ।
चोटै चोट सहेर पड्किरहने, ताली बन्यो जिन्दगी ॥६॥

०००
पोखरा १६, कास्की

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
नववर्षको शुभकामना

नववर्षको शुभकामना

छविलाल आचार्य
होली

होली

छविलाल आचार्य
पर -जा -तन्त्र !

पर -जा -तन्त्र !

छविलाल आचार्य
गाँडतन्त्र

गाँडतन्त्र

छविलाल आचार्य
शक्ति र सिध्दान्त

शक्ति र सिध्दान्त

डा. विदुर चालिसे
स्वाभिमान

स्वाभिमान

डा. श्यामप्रसाद न्यौपाने
म भक्त हुँ

म भक्त हुँ

शिवप्रसाद जैशी
अह‌ङ्कारको आगो

अह‌ङ्कारको आगो

प्रा. कपिल अज्ञात
सपनामाथि तपाईंहरु कत्तिको विश्वास गर्नुहुन्छ…?

सपनामाथि तपाईंहरु कत्तिको विश्वास...

राजेन्द्रप्रसाद अधिकारी
0
Would love your thoughts, please comment.x
()
x