साइबर अपराध सम्बन्धी सचेतना सामग्री

धरोधर्म गर्छु (२)

ज्याला राम्रो दिने भन्छु दुखीको मत पाउन । उधारा शब्द खर्चेर सक्छु सोझा फकाउन । चुल्ठेमुद्रे बिना मैले चाल्न सक्तिनँ पाइला । यिनैका बलले मेरा दिन हुन्छन् रमाइला ।

Nepal Telecom ad

डिल्लीप्रसाद मुलतिहुन :

लाजमर्दो कुरा गर्दै लोकलाई हँसाउछु
माछोमाछो भनी सोझा जालभित्र फसाउँछु ।११।

यही भर्‍याङ टेकेर धुरी चढेर चर्दछु
सुल्टो उल्टो बनाएर धरोधर्म म गर्दछु ।१२।

खानेपानी नपाएमा धाराले काम सार्दछु
नबल्दा बिजुली तारले काम टार्दछु ।१३।

टेडामेडा नयाँ नौला कर्ममा लागि पर्दछु
नीतिले देश चल्दैन नारामा बल गर्दछु ।१४।

मुक्कामुक्की सबैथोक जान्नैपर्छ म जान्दछु
टुक्कासुक्का मिलाएर ढाट्नु उत्तम ठान्दछु ।१५।

माछालाई बिना चारो बल्छी थापेर पर्छर
चारो राखेर गर्दैछु बल्छी थाप्ने म तर्खर ।१६।

हत्या गर्न परेवाको बासस्थान म धाउँछु
चारो दिने भनी डाक्छु पासोभित्र फसाउँछु ।१७।

मुठी चारो छरे भोलि मुरी खोज्छु उठाउन
लर्तरो सोचले हुन्न यस्तो काम मिलाउन ।१८।

ज्याला राम्रो दिने भन्छु दुखीको मत पाउन
उधारा शब्द खर्चेर सक्छु सोझा फकाउन ।१९।

चुल्ठेमुद्रे बिना मैले चाल्न सक्तिनँ पाइला
यिनैका बलले मेरा दिन हुन्छन् रमाइला ।२०।

०००
ओखलढुङ्गा, हाल भक्तपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
कति मर्नु ?

कति मर्नु ?

डिल्लीप्रसाद मूलतिहुन
जान्दछौँ

जान्दछौँ

डिल्लीप्रसाद मूलतिहुन
राम्रो पाठशाला

राम्रो पाठशाला

डिल्लीप्रसाद मूलतिहुन
देउ पैसा

देउ पैसा

डिल्लीप्रसाद मूलतिहुन
देख्छस् डिल्ली तँ (२)

देख्छस् डिल्ली तँ (२)

डिल्लीप्रसाद मूलतिहुन
देख्छस् डिल्ली तँ

देख्छस् डिल्ली तँ

डिल्लीप्रसाद मूलतिहुन
ठोक्तक कवित्त

ठोक्तक कवित्त

होम सुवेदी
सात फाँकी साइनो

सात फाँकी साइनो

डा. छायादत्त न्यौपाने ‘बगर’
बाउको बिँडो धान्ने रे

बाउको बिँडो धान्ने रे

फित्काैली डटकम
0
Would love your thoughts, please comment.x
()
x