साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भालेहरूको भेला

फालेर जालो अब जुट्नु पर्छ बेला बिताए पछि दुःख पर्छ । सातै जनाले मत एक राखे गर्दै ठुला निर्णय आज थाके त्यो रातमा जाग्रित बेरसम्म बिर्से अहो बास्न भयो निसम्म ।

Nepal Telecom ad

घनश्याम रेग्मी :

सञ्जालले चित्र नयाँ दिएको
भेला छ भाले कुखुराहरूको
छन् मेचमा मस्त बसी रहेका
भविष्यको चिन्तनमा फसेका ।१

अध्यक्ष छन् उच्च पदस्थ योग्य
देख्दै उनी हार्दिक छन् प्रयोग्य
राखे समस्या र जुटे यसैमा
छन् विघ्न बाधा कुखुरा सबैमा ।२

मान्छे भए निर्मम याततायी
गाह्रो समस्या रहमा डुबाई
यी मेच हाम्रा पनि हुन् बसेर
लौ बोल साथी मनमा गुनेर ।३

हामी यहाँ काटिन पर्छ नित्य
हाम्रो भयो भाग्य सधैँ अनित्य
सत्ता र भत्ता सब बाँढिएका
आफन्त मात्रै अझ ढाडिएका ।४

माला र खादा सब भिर्न थाले
हाम्रो गरे दोहन मार्न थाले
चन्दा उठाए परिवार पोसे
हामी निहत्थातिर अग्नि झोसे ।५

पानी तताए तसला बसाए
लाग्ने बनाए खुकुरी धसाए
टुक्रा बनाए रस झोल हाले
छानेर हड्डी सब फाल्न थाले ।६

हामी सबै दैनिक मारिनाले
रोष्टा र टोस्टा अझ तार्न थाले
यो रोक्न केही अब गर्न थालौँ
यो मानवी दानव चाल ढालौँ ।७

यो देशलाई टुकुरा गरेझैं
लाए बिलो भाग सधैँ सधैँ नै
ल्याएर केही नव योजना वा
हामी जुटौँ जीवन अर्पिऊँ वा ।८

ती पाल चोर्ने अब फेरि जागे
हाम्रा यिनै बान्धव चोर्न लागे
मारेर हाम्रा कति बन्धुलाई
आफ्नो भलो माग्दछ धाम आई ।९

नाता र गोता रमिता बसेर
खाए पचाएर गरे अबेर
नाचे नचाए मदमा फसेर
हाम्रो गरे नाश सधैँ सबेर ।१०

चिन्ता छ हाम्रो कुल वंश नास्छन्
यस्तै गरी मानिस नित्य हाँस्छन्
आफ्ना खरा पोख विचार भाइ
जित्ने बनौँ निर्मम शक्तिलाई ।११

अर्को उठ्यो जोर गरी करायो
जागौँ भनी बोल उचा लगायो
अन्याय हामी सहँनै हुँदैन
हामी बनाऔं अब एक ऐन ।१२

भोका सबै गाउँ समाजमा छन्
धोका दिने कानुन कृष्ण यी छन्
फालेर जालो अब जुट्नु पर्छ
बेला बिताए पछि दुःख पर्छ ।१३

सातै जनाले मत एक राखे
गर्दै ठुला निर्णय आज थाके
त्यो रातमा जाग्रित बेरसम्म
बिर्से अहो बास्न भयो निसम्म ।१४

राम्रा थिए आसन राखिएका
मोहान्ध पार्ने रस चाखिएका
यो चित्रको सार यही बताएँ
बाँकी छ केही सबमा जताएँ ।१५

०००
बैजनाथ १- चिसापानी, बाँके

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बाबु र आमा

बाबु र आमा

घनश्याम रेग्मी
आमा !

आमा !

घनश्याम रेग्मी
चार ठाेक्तक

चार ठाेक्तक

घनश्याम रेग्मी
खुसीनगर !

खुसीनगर !

घनश्याम रेग्मी
सल्लाह – काटेर राम्रो हुनू

सल्लाह – काटेर राम्रो...

घनश्याम रेग्मी
बोक्सीका ताजा बात- ९

बोक्सीका ताजा बात- ९

गायत्री परिरोशनी
माटोबाट पलाएर माटोमै

माटोबाट पलाएर माटोमै

अनिता काेइराला
बिचरा झोलेहरु

बिचरा झोलेहरु

फित्काैली डटकम
सिंहदरबार

सिंहदरबार

भोलानाथ सुबेदी
0
Would love your thoughts, please comment.x
()
x