साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भ्यूटावर

घरघरमा चर्पी त छन्, तर गाउँले लालटिन बालेर अझैँ डाँडातिर जङ्गल बस्न जान छाडेका छैनन् । त्यै दूरबिन लाएर जङ्गल पसेको मान्छे चिन्ने, अनि जरिवाना गर्ने ।

Nepal Telecom ad

डा. कुसुमाकर शर्मा गौतम :

Dr. Kusumakar Sharma Gautam

गाउँलाई चुनावले राम्रै गाँजिसकेको थियो । गाउँ भरिकै अग्लो र दुब्लो ‘लिखुरे साहिँलो’ पाँच वर्षको कार्यकाल पछि टावरे साहिँलोमा परिणत भएको थियो । चुनावका लागि गरिएको बैठकमा हाम्रा ठूलाबाले टावरे साहिँलाले सोध्नु भयो, ‘ए साहिँला ! तैँले पाँच वर्ष स्थानीय तह चलाइस् अब फेरि पनि चुनिने हो भने के के गरिस् गाउँका लागि ? ल भन् ।’

टावरे साहिँलो उठ्यो र भन्यो, ‘म स्थानीय प्रतिनिधि भए पछि गाउँमा विकास ल्याएँ । डोजर कुदाएर बाटाघाटा बनाएँ । मेरै पालामा शौचालय बनाउने अभियान चल्यो । त्यसपछि गाउँलाई नै ‘खुल्ला दिसा मुक्त गाउँ’ भनी घोषणा गर्न लगाएँ । पर्यटकलाई देखाउन गाउँको डाँडामा भ्यूटावर बनाएँ । गाउँमा समृद्धि नै ल्याई दिएँ ।’

ठूलाबाले गाउँलेतिर हेर्दै भन्नुभयो, ‘हो स्थानीय प्रतिनिधि भएको साहिँलालाई फापेको छ । त्यो भ्यूटावर हेर्न त कोही पर्यटक आएनन् । तर अबको पालीमा एउटा दूरबिन किनेर भ्यूटावरमा जोड्दे साहिँला । घरघरमा चर्पी त छन्, तर गाउँले लालटिन बालेर अझैँ डाँडातिर जङ्गल बस्न जान छाडेका छैनन् । त्यै दूरबिन लाएर जङ्गल पसेको मान्छे चिन्ने, अनि जरिवाना गर्ने । त्यसबाट स्थानिय तहलाई पनि आम्दानी हुन्छ । कि कसो ?’
उपस्थित सबैले ताली बजाए ।

०००
रुकुमकोट, रुकुम पूर्व, हाल- एडमन्टन, क्यानाडा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मुखियाको पार्टी

मुखियाको पार्टी

डा.कुसुमाकर शर्मा गाैतम
नक्कली झोला

नक्कली झोला

डा.कुसुमाकर शर्मा गाैतम
फोन कल

फोन कल

डा.कुसुमाकर शर्मा गाैतम
सम्मान

सम्मान

डा.कुसुमाकर शर्मा गाैतम
इच्छा मरण

इच्छा मरण

डा.कुसुमाकर शर्मा गाैतम
सल्लाहकार

सल्लाहकार

डा.कुसुमाकर शर्मा गाैतम
अन्तर्य

अन्तर्य

मीनप्रसाद लामिछाने
सुव्यवस्था

सुव्यवस्था

सुरेशकुमार पाण्डे
नेताको व्यथा

नेताको व्यथा

रामकुमार पाँडे
0
Would love your thoughts, please comment.x
()
x