साइबर अपराध सम्बन्धी सचेतना सामग्री

रिजालको विशाल हास्यव्यङ्ग्य बगैँचा

पूजाको क्रम यहाँ पुग्दा कण्ठमाथि लाज यस्तरी भरिन्छ कि ‘कण्ठ लँगौटी’ नसमाती सुखै छैन । तैपनि लाज छोपिन्न ‘नकच्चरा’ को र सोध्छन् ‘हामी नै हौँ त बुद्धिजीवी ?’ उत्तर आउँछ ‘अच्छा लेकिन’, कति हाँस्नु ?

Nepal Telecom ad

चट्याङ माष्टर :

आजको नेपाल व्यङ्ग्य भूमि हो । दैवले दिएको अपार सम्पत्तिमाझ आफूले आर्जेको दरिद्रता मौलाएका कुरा लेख्दा व्यङ्ग्य हुन्छ, भोग्दा मन भरङ्ग हुन्छ । मनै त हो, रमाउनै खोज्छ, चाहे सत्यलाई व्यङ्ग्य भनेर झड्काल्न परोस् या विचारलाई अचार ठानेर जिब्रो फड्कार्न परोस् । गए आफ्नै जीवनको केही अंश जान्छ, मनको घाउको के जान्छ ? रमाउनै हो कटु सत्यलाई च्यातिएको हाँसोमै पोको पारेर भए पनि हँसाइ हँसाइ रुवाउन खोज्यो, रुवाई रुवाई हँसाउन खोज्यो, केही परिवर्तन भइ पो हाल्छ कि भन्ने आशमा चेतनाले चेतनाको चेत मर्न दिँदैन, आर सी. रिजाल जस्ताका कलम चल्दैछन् ।

सानो भू-खण्डमा घनीभूत छ राजनैतिक, सांस्कृतिक र भौतिक विविधता । सबै विविधतामा सम छ अपाच्य विषमता । हास्यव्यङ्ग्य उत्पादन क्षमता अन्त कतैको भन्दा कम छैन । अनि त्यसैले, हरेक अन्य क्षेत्रमा जस्तै क्षमताभन्दा उत्पादन हमेशा न्यून रहँदै आएको छ । हास्यव्यङ्ग्य क्षेत्रमा पनि धेरै आर. सी रिजालहरू चाहिएको छ । एउटै भए पनि पाइएको छ । धन्य ।

२०५५ सालमा ‘कुकुरको पुच्छर’ सोभ्याउँदाको अनुभव लिएर २०५७ सालमा मान्छेको ‘कण्ठ लँगौटी’ समाउन पुग्नु भएको छ आर सी. रिजाल । कुकुरको पुच्छरबाट मान्छेको कण्ठ लँगौटीसम्मको फड्को ठूलै हो । प्रगति मान्नै पर्छ ।

जहाँ लाज, त्यहाँ लँगौटी । कण्ठभन्दा माथिका आँखा, नाक, कान मुख र गिदीकै लाज जोगाउन पर्ने अवस्था आएपछि अन्य भागको लँगौटी खोलेर भए पनि कण्ठाघरमा झुण्ड्याउनै पर्‍यो । झुण्ड्याएका छन् । आर सी. रिजालको एउटै आग्रह छ, कमसेकम लँगौटी त ठोक ठाउँमा लगाऊँ ।

आर सी रिजालको यो किताबले तपाईंलाई पेट मिचीमिची हँसाउने ठेक्का लिएको छैन । तर पाना किचीकिची सबै पढ्नु भयो भने लिदी पनि गिदी बन्दै आउँछ र हाँसो आफै पिचीपिची निस्कन थाल्छ । त्यसपछि रोए पनि भयो, हाँसे पनि भयो । हास्यव्यङ्ग्य त हो नि भनेर एउटा कण्ठ लँगौटी तपाईंले पनि सिउरे भयो । यस्तैमा गए यो वर्तमान जान्छ, भविष्य त आएकै छैन, के जान्छ ?

किताबको मङ्गलाचरण शुरु हुन्छ ‘गुरुबा र गुरुआमा’ कै लँगौटी च्याताच्यातबाट । गुरु पूजापछि क्रमैले शुरु हुन्छ पितृ पूजा ‘तेरो बाउको पिण्ड लडाइस् हैन ?’ पाठबाट । अनि राष्ट्र पजाको पालो आउँछ “कुकुर त म नेपालकै हूँ“ मन्त्रोचारण सहित । पूजामा बसेको “Q” को परिचय पाएपछि ‘चपेटाप्रसाद’ले आफ्नो व्यथा रुँदै सुनाउँछन् हँसाउन । पूजाको क्रम यहाँ पुग्दा कण्ठमाथि लाज यस्तरी भरिन्छ कि ‘कण्ठ लँगौटी’ नसमाती सुखै छैन । तैपनि लाज छोपिन्न ‘नकच्चरा’ को र सोध्छन् ‘हामी नै हौँ त बुद्धिजीवी ?’ उत्तर आउँछ ‘अच्छा लेकिन’, कति हाँस्नु ? हाँस्दा हाँस्दै कण्ठ लँगौटीभित्रका सम्पूर्ण लाजहरूले एक अर्कासँग राम्रै साईनो गाँसिसकेका हुन्छन् र सबै लाजहरू मिली संगठित जुलुस निकाल्छन् नारा सहित ‘नेपालका मजदूर एक हौँ ।’ तर ‘राष्ट्रिय धमिरा’ आइलागेर कार्यक्रमलाई ‘लिङ्ग जडान’ तर्फ मोडिदिन्छन् । यसरी सफल हुन्छ सहवास सकिनमा ।

काठमाडौंवासीका लागि खुराक दक्षिणबाटै आउँदो रहेछ । यी आर.सी. पनि हेटौंडाबाट हुन् भन्दा मलाई अनौठो लागेन । फरक मात्र के भयो भने यी आर. सी. का परिकारहरू धर्मबाट उदाउँछन्, मर्मबाट रसाउँछन् र कर्मबाट झ्यामझ्याम्ती लाग्छन्- पेटमा होइन गिदीमा । गिदी र लिदीको गहिरो सम्बन्ध हुन्छ । गिदी नै नहुनेको लिदी पनि हुँदैन् । जहाँ गिदी, वहाँ लिदी ! कण्ठलँगौटी न हो समाउन पनि गिदी चाहिन्छ । रिजालको यो विचार बगैँचा पूर्वमा धर्म आडम्बरदेखि पश्चिममा नारी पीडासम्म, उत्तरमा चिसा अग्ला प्रश्नदेखि दक्षिणमा नेपाली पीडासम्म फैलिएको विशाल छ । यहाँको कुन फूलबाट कस्तो आनन्द आउँछ भन्ने कुरा तपाईंमा भएको आफ्नो गिदी र लिदीको अंश-अनुपातमा भर पर्ने कुरा हो ।

आर. सी. रिजालले विस्तार गर्दै लगेका बिचार बगैंचा हास्यव्यङ्ग्य फाँटमा अझ विशाल बन्दै जानेछन् भन्ने विश्वास लिएको छु । कुकुरको पुच्छरदेखि कण्ठ लँगौटीसम्म आधारै आधार छन्, यो विश्वास टिकाउन ।

०००
काठमाडौं
२०५७ कार्तिक
कण्ठ लँगौटी (२०५७)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
चुनाव कसले हार्छ ?

चुनाव कसले हार्छ ?

चट्याङ मास्टर
सरर्रर कार

सरर्रर कार

चट्याङ मास्टर
पैतालो उड्न सक्दैन

पैतालो उड्न सक्दैन

चट्याङ मास्टर
‘एक कान दुइ कान मैदान’ = भाइरल

‘एक कान दुइ कान...

कृष्ण प्रधान
किन आउँदैन ?

किन आउँदैन ?

रामकृष्ण ढकाल
सिको

सिको

दिप मंग्राती
खरी झरेको मादल

खरी झरेको मादल

चिरञ्जीवी दाहाल
कविजी

कविजी

डा. कपिल लामिछाने
0
Would love your thoughts, please comment.x
()
x