साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कस्तो जनशक्ति चाहियो ??

टेन्डर आह्वान गरिरहनै पर्दैन अक्सनमा पनि राखिएको छैन बढाबढ पनि गरिरहनै पर्दैन रोज्जा रोज्जा छान्नु होला भनेको छ बेलैमा भनेको मान्नुहोला ।

Nepal Telecom ad

होम सुवेदी :

ठुला साना मुलुकहरू
श्रमिक मात्र किन लाने
हाम्रो खेर गएको जनशक्ति
उपयोग गर
हामीसँग भर पर
यता अलिक डलर छर
किनभने
जनशक्ति हामीसँग खेर गइरहेको छ
हामीलाई धेर भइरहेको छ
हामीसँग रोज्जा रोज्जा छन्
छानी छानी लान सक्छौ
हाम्रोबाट जनशक्ति लग
हाम्रा उद्योगीहरुको भलमा बग
आफूलाई इमानदारीको लयमा
केके न होला भनेर धेरै नठग
जनशक्तिको खाँचो भए
हामीबाट लैजाऊ
खुला बजारबाट छानेर उठाऊ
हामीसँग मिलिहाल्छ भाउ
अन्यत्रको नहेर दाउ
मन धेरै नदुखाऊ
मोज गर भोज खाऊ ।

प्रमाणपत्र किर्ते गर्ने चाहियो ?
हामीसँग भनेजति छन्
काम नगरी जागिर खाने चाहियो ?
हामीसँग उभ्रिएका छन्
छाली गन्ने चाहियो ?
भनेसम्म छन्
अनागरिकलाई नागरिक बनाउने चाहियो ?
मन्त्रालयमै सयौँ छन्
नारा लाउने र टायर बाल्ने चाहियो ?
भनेसम्म छन्
कामै नगरी माम खाने
ठेकेदार चाहियो ?
देशै भरि छन्
निर्माणै नगरी
उद्घाटन गर्ने चाहयो ?
बग्रेल्ती छन्
सिमेन्ट खाने ठेकेदार चाहिए पनि छन्
बालुवा चाट्ने पेटी ठेकेदार चाहिए पनि छन्
सिसी टिभी काट्ने मुसा चाहिए पनि छन्
यस्तालाई ओढाउने धुसा चाहिए पनि छन्
हान्ने अर्ना चाहिए पनि छन्
स्वाँक्क गर्ने साँढे चाहिए पनि छन्
उठाऊ लैजाऊ मोज गर भोज खाऊ ।

के के चाहियो भन
हुक्का तान्ने होस् कि
टुक्का हान्ने होस्
चकचके होस् कि भकभके होस्
दिनको दसपटक
प्रतिबध्दता व्यक्त गर्ने
तर काम भने नगर्ने चाहिए
उठाउन सक्छौ ।
लात्ती हान्ने होस् कि
मात्ती हान्ने होस्
यिनको कमी छैन
नक्कली नोट छपाउने चाहिए
तयार छन्
सामानमा मिसावट गर्ने
चाहिए यताबाट लानुहोला
हुक्के र झोलेको कमी भए
हाम्रोबाट आपूर्ति गर्नु होला
बलात्कार मुद्दा खेपेका चाहिए
हामी अदालतबाट पखालेर दिन्छौँ
ज्यानमारा चाहिए
फूलमालाले सजाएर दिन्छौँ
जेलबाट भागेको चाहिए
त्यो पनि उपलब्ध गराउँछौँ
जस्तो जनशक्ति चाहियो
भन्नु मात्र होस्
हामीसँग उपलब्ध छ
टेन्डर आह्वान गरिरहनै पर्दैन
अक्सनमा पनि राखिएको छैन
बढाबढ पनि गरिरहनै पर्दैन
रोज्जा रोज्जा छान्नु होला
भनेको छ बेलैमा
भनेको मान्नुहोला ।
हाम्रो इमानदारी
शतप्रतिशत मान्न सकिनेछ
मन्त्रालयबाटै छान्न सकिनेछ
पालिकासम्म धाइरहनै पर्दैन
दिन्छौँ भनेपछि दिन्छौँ दिन्छौँ
डलर भने चाहिएजति लिन्छौँ
भिसा दिइहाल्नु होला
पछि अर्कोले लगेर नपछुताउनु होला
समय छँदै काम गरिहाल्नु होला
फर्कँदैन बगेको खोला ॥

०००
भद्रपुर, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x