साइबर अपराध सम्बन्धी सचेतना सामग्री

को हो त त्यो मालिक ?

सत्तास्वार्थ ठुलो छ आज किन खै माटो र पानी बिके सीमा साँध बचेन मूर्ति न बचे संस्कार आस्था किचे नेपाली जन आसमा नबस है होला कहाँ साबित धन्दा मस्त हुने छ जागिर अहो को हो त त्यो मालिक ।

Nepal Telecom ad

घनश्याम रेग्मी :

राम्रो देश बनाउँछौँ अघि भन्यौ बाँडेर नारा मिठा
होमिन्छौँ रणमा भन्यौ अब बुझ्यौँ बाचा रहेछन् झुटा
कस्तो देश बनाउने रहर हो कस्तो हुने सालिक
साँच्चै हौ भरिया भने भन तिमी को हो त त्यो मालिक ।१

आफ्नै नागरिकादि बेच्न कसियौ किर्ते बने कागज
कैयौँपल्ट विदेशको भ्रमणमा स्वर्णादिको आगत
सत्ताको सपनासिवाय दलको नारा छ के चालित
आफू हौ भरिया भने भन तिमी को हो त त्यो मालिक ।२

कैयौंपल्ट समातियो तर छुट्यो नेता समात्ने हुँदा
नेताका पद फेर पक्रिन सक्यो पापै पखाल्ने धुँदा
कोलाई फलमासु मिल्दछ सबै कोबाट छौ पालित
भाडाको यदि काम हो सब भने को हो त त्यो मालिक ।३

भोका दीन समस्त आज जनता के खानु के लाउनु
केही काम मिलेन देशभरमा के लाभ खै पाउनु
तिम्रो फुर्सद छैन खेप कति छन् कम्ती झर्यो गालित
सानो मत्स्य तिमी भए भन छिटो को हो त त्यो मालिक ।४

सत्तास्वार्थ ठुलो छ आज किन खै माटो र पानी बिके
सीमा साँध बचेन मूर्ति न बचे संस्कार आस्था किचे
नेपाली जन आसमा नबस है होला कहाँ साबित
धन्दा मस्त हुने छ जागिर अहो को हो त त्यो मालिक ।५

०००
हाल बैजनाथ -१, चिसापानी, बाँके

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
पाकाहरूबाट सिकौँ (२)

पाकाहरूबाट सिकौँ (२)

घनश्याम रेग्मी
चार ठाेक्तक

चार ठाेक्तक

घनश्याम रेग्मी
बाबु र आमा

बाबु र आमा

घनश्याम रेग्मी
0
Would love your thoughts, please comment.x
()
x