सुभाषचन्द्र देवकाेटामरेका टाउकाहरू
तर विडम्बना, यिनै मरेका टाउकाहरूसामू निहुरिएर, हामी ! न्यायको भिख मागिरहेका छौँ । रामराज्यको याचना गरिरहेका छौँ । सपना देखिरहेका छौँ !

सुभाषचन्द्र देवकोटा :
टाउको नै मरेपछि
उसको सत्व पनि मर्यो,
उसको गति र मति पनि मर्यो !
टाउको नै मरेपछि ,
उसको विचार पनि मर्यो,
उसको चेतना पनि मर्यो ।
टाउको नै मरेपछि,
उसको दृष्टि पनि मर्यो,
उसको विवेक पनि मर्यो ।
तर पनि
ऊ र ऊ जस्तै मरेका टाउकहरू
जिउँदै भएको अभिनय गर्दै,
कोही सत्ताको शिखरमा छन् ।
कोही हाकिमको कुर्सीमा छन् ।
कोही के छन्,
कोही के छन् ।
तर विडम्बना,
यिनै मरेका टाउकाहरूसामू
निहुरिएर,
हामी !
न्यायको भिख मागिरहेका छौँ ।
रामराज्यको याचना गरिरहेका छौँ ।
सपना देखिरहेका छौँ !
यसरी,
मरेका टाउकाहरूसँगै,
हामी पनि !
बाँच्ने निहुँमा,
अनाहकमा,
छिन छिनै,
मरिरहेका छौँ ?
हैट ! मरेको जिन्दगी !
०००
गोरखा, हाल काठमाडौं
Subscribe
Login
0 Comments
Oldest






































