साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मरेका टाउकाहरू

तर विडम्बना, यिनै मरेका टाउकाहरूसामू निहुरिएर, हामी ! न्यायको भिख मागिरहेका छौँ । रामराज्यको याचना गरिरहेका छौँ । सपना देखिरहेका छौँ !

Nepal Telecom ad

सुभाषचन्द्र देवकोटा :

टाउको नै मरेपछि
उसको सत्व पनि मर्‍यो,
उसको गति र मति पनि मर्‍यो !

टाउको नै मरेपछि ,
उसको विचार पनि मर्‍यो,
उसको चेतना पनि मर्‍यो ।

टाउको नै मरेपछि,
उसको दृष्टि पनि मर्‍यो,
उसको विवेक पनि मर्‍यो ।

तर पनि
ऊ र ऊ जस्तै मरेका टाउकहरू
जिउँदै भएको अभिनय गर्दै,
कोही सत्ताको शिखरमा छन् ।
कोही हाकिमको कुर्सीमा छन् ।
कोही के छन्,
कोही के छन् ।

तर विडम्बना,
यिनै मरेका टाउकाहरूसामू
निहुरिएर,
हामी !
न्यायको भिख मागिरहेका छौँ ।
रामराज्यको याचना गरिरहेका छौँ ।
सपना देखिरहेका छौँ !

यसरी,
मरेका टाउकाहरूसँगै,
हामी पनि !
बाँच्ने निहुँमा,
अनाहकमा,
छिन छिनै,
मरिरहेका छौँ ?
हैट ! मरेको जिन्दगी !

०००
गोरखा, हाल काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मनको लड्डु …

मनको लड्डु …

सुभाषचन्द्र देवकाेटा
निरोको शहर…

निरोको शहर…

सुभाषचन्द्र देवकाेटा
म हार्न तयार छु

म हार्न तयार छु

सुभाषचन्द्र देवकाेटा
जय नेपाली क्रान्ति !

जय नेपाली क्रान्ति !

सुभाषचन्द्र देवकाेटा
राजनीतिका बनियाँ

राजनीतिका बनियाँ

सुभाषचन्द्र देवकाेटा
भन्… नयाँ वर्ष त किन आइस् ?

भन्… नयाँ वर्ष त...

सुभाषचन्द्र देवकाेटा
बोक्सीका ताजा बात- ९

बोक्सीका ताजा बात- ९

गायत्री परिरोशनी
माटोबाट पलाएर माटोमै

माटोबाट पलाएर माटोमै

अनिता काेइराला
बिचरा झोलेहरु

बिचरा झोलेहरु

फित्काैली डटकम
सिंहदरबार

सिंहदरबार

भोलानाथ सुबेदी
0
Would love your thoughts, please comment.x
()
x