रामप्रसाद पन्थीमैले भन्या मान भानु
रामायण रामगीता च्यात्याैँ भक्तमाला प्रश्नाेत्तरी बधुशिक्षा फाल्याैं हाम्रै पाला । बिर्खे टाेपी भिर्ने पनि काेही कवि हुन्छ ? हामी जस्ता कवि हेर टाइ सुट हुन्छ ।

रामप्रसाद पन्थी :
तिम्रा पाला जस्तो ऐले छैन हेर भानु
शालिकमा ढुङ्गा हान्लान् बस चानुमानु ।
तिमीलाई अर्ती दिने घाँसी पनि कस्तो ?
बिनासित्ति दिएछ नि अर्ती खुबै सस्तो ।
आफ्नै साथी गजाधर गर्याै घाेचा शाेला
कवितामा नारीलाई किन हेप्या हाेला ?
हिन्दुवादी काव्य किन लेख्दै हिँड्याै हिज
फिर्ता गर तिम्ले लेख्या सबै चिजबिज ।
किन गर्याै बिस्तारित खस भाषा भन
अंग्रेजीको माेहनीले लठ्ठ भए जन ।
बन्याै किन ठेकेदार भाषा संस्कृतिकाे ?
जिम्मा लिनु पर्छ तिम्ले सारा विकृतिकाे ।
त्यसै हैन तिमीलाई जेलभित्र राख्या
कस्ताे मान्याै तिम्राे खुन लामखुट्टेले चाख्या।
माेतीराम पनि कस्ता तिम्रा कृति छापे
तिम्राे नाम अघि किन आदिकवि राखे ?
तिमी पर्याै आदिकवि हामी सिङ्गा कवि
किन मान्ने तिमीलाई मान्छाैं रवि छवि ।
रामायण रामगीता च्यात्याैँ भक्तमाला
प्रश्नाेत्तरी बधुशिक्षा फाल्याैं हाम्रै पाला ।
बिर्खे टाेपी भिर्ने पनि काेही कवि हुन्छ ?
हामी जस्ता कवि हेर टाइ सुट हुन्छ ।
मैले भन्या मान भानु विदेशमा जाऊ
यता भलाे छैन तिम्राे उतै चल्छ नाउँ ।
०००
२०८१ असार २९
रेसुङ्गा न पा- २ गुल्मी ।
Subscribe
Login
0 Comments
Oldest







































