हरिप्रसाद उप्रेतीषठता
अपारदर्शी तुषारोको परिदृष्य छरिन्छ क्षितिजभरि सपनाका खेतीमा तुषारापात भए पनि मूर्खहरू उम्रिरहन्छन् निर्उद्देश्य भएर केवल तिनै निरङ्कुश तानाशाही बोट हेरेर ॥

हरिप्रसाद उप्रेती :
मूर्खताको विज छरिएको छ उनका बारीमा
जहाँ दाशताका अनगिन्ती बोटहरू उम्रन्छन्
झुट भ्रम र भुलभुलैयाका फूलहरू फुल्छन्
मोलाहिँजा पक्षपात र भ्रष्टाचारका दुर्गन्ध चल्छन् ॥
वासना ठानेर लामो सास तान्छन् षठहरू
सुगन्ध कहिल्यै सुँघ्न नपाएका तिनीहरू
तिनै दुर्गन्धलाई वासना ठानेर
नित्य श्वासप्रश्वास चलाइरहन्छन् ॥
कति ठिमाहा छन् कोही वणर्शङ्करहरू
तिनैबाट सुगन्ध छर्ने बोटहरू उखेलिन्छन् र फालिन्छन्
दुर्गन्ध सुँघ्नेहरू पचाउनै सक्दैनन् सुगन्धलाई
सुगन्ध त दुर्गन्ध जस्तो लाग्छ उनीहरूलाई ॥
स्वार्धन्ता र आशका अतृप्त चाहनाको मल हालेर
उर्वर पारिएका बारीको डिलमा टेक्दै
ताडनाका हाँगाबिङ्गा फैलाउँछन् पर परसम्म
सातो टिप्छन् ठिमाहा र वणर्शङ्करहरू ॥
अपारदर्शी तुषारोको परिदृष्य छरिन्छ क्षितिजभरि
सपनाका खेतीमा तुषारापात भए पनि
मूर्खहरू उम्रिरहन्छन् निर्उद्देश्य भएर
केवल तिनै निरङ्कुश तानाशाही बोट हेरेर ॥
जब तुसारो पन्छाएर ती रूखहरू ढाल्दै
चेतनाको आँधिबेरी चल्छ
अनि ती रूखहरू भुमरीले उडाउँछ
मूर्खहरू मुख र आँखा छोप्दै
सुरक्षित ठाउँको खोजीमा जुट्छन् बचाउका लागि ॥
०००
काठमाडौं
Subscribe
Login
0 Comments
Oldest







































