साइबर अपराध सम्बन्धी सचेतना सामग्री

षठता

अपारदर्शी तुषारोको परिदृष्य छरिन्छ क्षितिजभरि सपनाका खेतीमा तुषारापात भए पनि मूर्खहरू उम्रिरहन्छन् निर्उद्देश्य भएर केवल तिनै निरङ्कुश तानाशाही बोट हेरेर ॥

Nepal Telecom ad

हरिप्रसाद उप्रेती :

मूर्खताको विज छरिएको छ उनका बारीमा
जहाँ दाशताका अनगिन्ती बोटहरू उम्रन्छन्
झुट भ्रम र भुलभुलैयाका फूलहरू फुल्छन्
मोलाहिँजा पक्षपात र भ्रष्टाचारका दुर्गन्ध चल्छन् ॥

वासना ठानेर लामो सास तान्छन् षठहरू
सुगन्ध कहिल्यै सुँघ्न नपाएका तिनीहरू
तिनै दुर्गन्धलाई वासना ठानेर
नित्य श्वासप्रश्वास चलाइरहन्छन् ॥

कति ठिमाहा छन् कोही वणर्शङ्करहरू
तिनैबाट सुगन्ध छर्ने बोटहरू उखेलिन्छन् र फालिन्छन्
दुर्गन्ध सुँघ्नेहरू पचाउनै सक्दैनन् सुगन्धलाई
सुगन्ध त दुर्गन्ध जस्तो लाग्छ उनीहरूलाई ॥

स्वार्धन्ता र आशका अतृप्त चाहनाको मल हालेर
उर्वर पारिएका बारीको डिलमा टेक्दै
ताडनाका हाँगाबिङ्गा फैलाउँछन् पर परसम्म
सातो टिप्छन् ठिमाहा र वणर्शङ्करहरू ॥

अपारदर्शी तुषारोको परिदृष्य छरिन्छ क्षितिजभरि
सपनाका खेतीमा तुषारापात भए पनि
मूर्खहरू उम्रिरहन्छन् निर्उद्देश्य भएर
केवल तिनै निरङ्कुश तानाशाही बोट हेरेर ॥

जब तुसारो पन्छाएर ती रूखहरू ढाल्दै
चेतनाको आँधिबेरी चल्छ
अनि ती रूखहरू भुमरीले उडाउँछ
मूर्खहरू मुख र आँखा छोप्दै
सुरक्षित ठाउँको खोजीमा जुट्छन् बचाउका लागि ॥

०००
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
असल मान्छे

असल मान्छे

हरिप्रसाद उप्रेती
व्यतिरेक छटाहरू

व्यतिरेक छटाहरू

हरिप्रसाद उप्रेती
जीवनबोध

जीवनबोध

हरिप्रसाद उप्रेती
नौलो क्षितिज

नौलो क्षितिज

हरिप्रसाद उप्रेती
बोकेको मान्छे

बोकेको मान्छे

हरिप्रसाद उप्रेती
आइमाई

आइमाई

डा. दामाेदर पुडासैनी किशाेर
बोल्न नहुने के रोग लाग्यो कुनि ?

बोल्न नहुने के रोग...

बालकृष्ण खनाल
नयाँ आगो

नयाँ आगो

वासुदेव अधिकारी
फुटेको फर्सी

फुटेको फर्सी

डा. बमबहादुर जिताली
0
Would love your thoughts, please comment.x
()
x