साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कुर्सी

बिताएँ वा भोगेँ तुरुङ कठिनै बस्नलाई नि।कुर्सी त्यसैबेला देखी सुख सयलको स्वप्न देख्ने म फुर्की रमाई हाँसेका रसिक रसिला डग्न कुर्सी नदिई शशी शोभा छर्छिन् चहक गतिले मौनतामा रमाई ॥

Nepal Telecom ad

गोपालप्रसाद दाहाल :

छ शोभा कुर्सीमा धन बल सबै मान सम्मान धेर
नताकुन् बैरीले बदनियतले डाह ईर्ष्या गरेर
सधैं मेरो कुर्सी खुरु खुरु तिमी पुज्नु आई मलाई
म बस्ने कुर्सीमा ढसमस गरी राज गर्ने रमाई ॥१

लडाईं कुर्सीको विकसित सधैं देशमा हुन्छ हाम्रो
नपाए कुर्सी त्यो अभयसितले मार्छ साथी नराम्रो
भलो आफ्नो गर्ने वचन अरुको ज्यादती गर्छ कुर्सी
छ अत्याचारी यो छलकपटले लाउँने गर्छ फुर्ती ॥२

छ सत्ता कुर्सीमा बल गर तिमी चढ्न झट्टै उकालो
सधैँ प्यारो कुर्सी हलचल नभै बस्नलाई छ जालो
डुमै राजा भन्ने प्रगति पथमा हुन्छ कुर्सी खराब
झरे आफू कुर्सी अवनति भनी गर्छ जैले सराप ॥३

सजाई कुर्सी त्यो बल गर सधैं देशलाई बनाई
हटाऊ कालो त्यो करतुत सबै त्याग कुर्सी रजाइँ
नबेचेस् कुर्सीले मुलुक दुनियाँ सन्तती गर्नु रक्षा
तपस्या गर्नेले विकसित गरे देश आफ्नो सुरक्षा ॥४

मलाई देऊ है रजगज गरी बस्छु कुर्सी सजाई
असाध्यै प्यारो भो छलकपटले प्राप्त कुर्सी मलाई
सबै कुर्सी उस्तै तनमन उही हेर साहित्यलाई
बुनेको जालो त्यो सब पद उही चढ्न खोज्ने रमाई ॥५

बसी आफू मात्रै पदहरू सबै ढाक्छ जालो बनाई
गरेँ सेवा भन्ने छलकपटले स्वार्थलाई लुकाई
ससानो संस्थाको मनुज अगुवा भद्र कुर्सी भएनन्
चढे कुर्सीमा ती वजन घटिया छुद्र बानी गएनन् ॥६

नछोड्ने कुर्सी त्यो हरतरहले चढ्न खोज्ने रमाई
सधैं लोभी बन्ने तनमन भरी दिन्न कुर्सी तँलाई
छ पेवा मेरो यो मधुर रसमा शान्ति देऊ मलाई
चढाएको मैले नगद रुपियाँ बस्न कुर्सी सजाई ॥७

बिताएँ वा भोगेँ तुरुङ कठिनै बस्नलाई नि।कुर्सी
त्यसैबेला देखी सुख सयलको स्वप्न देख्ने म फुर्की
रमाई हाँसेका रसिक रसिला डग्न कुर्सी नदिई
शशी शोभा छर्छिन् चहक गतिले मौनतामा रमाई ॥८

निशा बन्यो कुर्सी कलियुगमहाँ प्यास मेट्ने नशाले
घृणा निन्दा बिर्सी मनुज सुखमा स्वार्थले चढ्न थाले
यहाँ जो जो बस्छन् नियमसँगका भेट्न गार्हो मलाई
जथाभावी गर्ने सुर असुर ती शत्रु भन्छौं तँलाई ॥९

०००
दमक-५, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
कर्मरेखा बिराएँ

कर्मरेखा बिराएँ

गाेपालप्रसाद दाहाल
किन्दिएँ सर्वहारा

किन्दिएँ सर्वहारा

गाेपालप्रसाद दाहाल
चिहानको आवाज

चिहानको आवाज

गाेपालप्रसाद दाहाल
काला मान्छे

काला मान्छे

गाेपालप्रसाद दाहाल
लक्ष्मीका कृति

लक्ष्मीका कृति

गाेपालप्रसाद दाहाल
छतमाथि बाढी चढ्दा

छतमाथि बाढी चढ्दा

गाेपालप्रसाद दाहाल
बिचरा झोलेहरु

बिचरा झोलेहरु

फित्काैली डटकम
सिंहदरबार

सिंहदरबार

भोलानाथ सुबेदी
हाँसो

हाँसो

हरिप्रसाद घिमिरे
बेहुली घाम

बेहुली घाम

तारा पराजुली
उमेर र मन

उमेर र मन

नम्रता गुरागाइँ
0
Would love your thoughts, please comment.x
()
x