प्रेम ओली ढकलपुरेए साँढे !
न खाँदाखाँदै घाँटीमा अड्क्यो भन्ने सुनिन्छ न धेर खाएर भुँडी पड्क्यो भन्ने सुनिन्छ घिच जति सक्छस् घिच सरकार त तँसँग डराउछ भने म बेकारको किन गर्नु किचकिच । खा कति सक्छस् खा टन्न घिचेर विदेशतिर जा विदेश गएपछि फर्केर पनि न आ ।

प्रेम वली ढकलपुरे :
ए साँढे !
कति खान्छस् ए घुस
चपाउन सक्दैनस् भने घुसलाई
तेरी आमाको लाम्टा झैं चुस
यसैमा रहेछ तिरो जिन्दगीको खुश ।
गोरुले घाँस खाए झैँ खा’छ
एक ठाउँ नपुगेर घुमी घुमी खा’छ
कहिले भन्सारतिर गा’छ
कहिले अध्यागमनतिर गा’छ
जति खाए पनि कहिलै नअघाउने
हैन तेरो भुँडी के भा’छ ?
करोड खाँदा नि भरिँदैन
अरव खाँदा पनि भरिँदैन
जति खाए बिमारी हुँदैन
अक्तियारले पनि छुदैन
न घुस खाँदाखाँदै मर्यो भन्ने सुनिन्छ
न खाँदाखाँदै कतै झर्यो भन्ने सुनिन्छ
न छेर्पटीले गर्नुगर्यो भन्ने सुनिन्छ
न तलउपरले तलमाथि पर्यो भन्ने सुनिन्छ
न खाँदाखाँदै चौकीमा थुनिन्छ
खाली अरब र खरव खायो मात्र सुनिन्छ ।
कस्तो मिठो लाग्ने रहेछ त बजियालाई यो घुस ?
न खाँदाखाँदै घाँटीमा अड्क्यो भन्ने सुनिन्छ
न धेर खाएर भुँडी पड्क्यो भन्ने सुनिन्छ
घिच जति सक्छस् घिच
सरकार त तँसँग डराउछ भने
म बेकारको किन गर्नु किचकिच ।
खा कति सक्छस् खा
टन्न घिचेर विदेशतिर जा
विदेश गएपछि फर्केर पनि न आ ।
०००
काठमाडौं
Subscribe
Login
0 Comments
Oldest







































