साइबर अपराध सम्बन्धी सचेतना सामग्री

ए साँढे !

न खाँदाखाँदै घाँटीमा अड्क्यो भन्ने सुनिन्छ न धेर खाएर भुँडी पड्क्यो भन्ने सुनिन्छ घिच जति सक्छस् घिच सरकार त तँसँग डराउछ भने म बेकारको किन गर्नु किचकिच । खा कति सक्छस् खा टन्न घिचेर विदेशतिर जा विदेश गएपछि फर्केर पनि न आ ।

Nepal Telecom ad

प्रेम वली ढकलपुरे :

ए साँढे !
कति खान्छस् ए घुस
चपाउन सक्दैनस् भने घुसलाई
तेरी आमाको लाम्टा झैं चुस
यसैमा रहेछ तिरो जिन्दगीको खुश ।

गोरुले घाँस खाए झैँ खा’छ
एक ठाउँ नपुगेर घुमी घुमी खा’छ
कहिले भन्सारतिर गा’छ
कहिले अध्यागमनतिर गा’छ
जति खाए पनि कहिलै नअघाउने
हैन तेरो भुँडी के भा’छ ?

करोड खाँदा नि भरिँदैन
अरव खाँदा पनि भरिँदैन
जति खाए बिमारी हुँदैन
अक्तियारले पनि छुदैन
न घुस खाँदाखाँदै मर्‍यो भन्ने सुनिन्छ
न खाँदाखाँदै कतै झर्‍यो भन्ने सुनिन्छ
न छेर्पटीले गर्नुगर्‍यो भन्ने सुनिन्छ
न तलउपरले तलमाथि पर्‍यो भन्ने सुनिन्छ
न खाँदाखाँदै चौकीमा थुनिन्छ
खाली अरब र खरव खायो मात्र सुनिन्छ ।

कस्तो मिठो लाग्ने रहेछ त बजियालाई यो घुस ?
न खाँदाखाँदै घाँटीमा अड्क्यो भन्ने सुनिन्छ
न धेर खाएर भुँडी पड्क्यो भन्ने सुनिन्छ
घिच जति सक्छस् घिच
सरकार त तँसँग डराउछ भने
म बेकारको किन गर्नु किचकिच ।

खा कति सक्छस् खा
टन्न घिचेर विदेशतिर जा
विदेश गएपछि फर्केर पनि न आ ।

०००
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
रोपाइँ

रोपाइँ

प्रेम ओली ढकलपुरे
अन्धभक्त अरे हजुर !

अन्धभक्त अरे हजुर !

प्रेम ओली ढकलपुरे
जमाना एआईको

जमाना एआईको

प्रेम ओली ढकलपुरे
राष्ट्रिय खेलाडी पेले

राष्ट्रिय खेलाडी पेले

प्रेम ओली ढकलपुरे
खिचडीलालहरु

खिचडीलालहरु

प्रेम ओली ढकलपुरे
मेरा बा

मेरा बा

प्रेम ओली ढकलपुरे
सात फाँकी साइनो

सात फाँकी साइनो

डा. छायादत्त न्यौपाने ‘बगर’
बाउको बिँडो धान्ने रे

बाउको बिँडो धान्ने रे

फित्काैली डटकम
भानु बनेका सबका प्यारा

भानु बनेका सबका प्यारा

जगदीश्वर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x