नारायण भट्टराईखाऊ, तर विचार गर !
तिमी आफ्ना लागि खाऊ, अर्काको लागि नखाऊ, अर्काको लागि खाइदियौ भने त्यो अर्काले तिमीलाई मात्र देख्ने छ, हेर्ने छ, सोध्ने छ । भोक लागे पछि तिमीलाई मात्र खोज्ने छ ।

नारायण भट्टराई :
खाऊ,
तिमी खान कै लागी जन्मेको हो, खाऊ,
तर विचार गर तिमीले खाएको
कुराले तिमीलाई नै सिध्याउन सक्छ ।
खाँदा खाँदै तिमी चाहेको खान नपाउने भएको दिन,
तिम्रै भोजनले तिमीलाई नै जिज्याउन सक्छ ।
र भन्न सक्छ खाएर थन्किएको मान्छे,
ल मलाई खाई हेर त ?
खाऊ,
तिमीले खान कै लागी गरेको हो जे गरेका छौ,
तर एकै पटक नखाऊ, पुर्याई पुर्याई खाऊ ।
आज खाएर तिम्रो भोजन सिद्धियो,
तर तिमी सिद्धिएनौ भने,
भोलि कसरी बाँच्छौ ?
खाऊ,
तिमी आफ्ना लागि खाऊ,
अर्काको लागि नखाऊ,
अर्काको लागि खाइदियौ भने त्यो अर्काले
तिमीलाई मात्र देख्ने छ, हेर्ने छ, सोध्ने छ ।
भोक लागे पछि तिमीलाई मात्र खोज्ने छ ।
तर उसले कहिलै जान्ने छैन,
खाने कुरा कसरी पाउने,
खाने कुरा पाउन के गर्ने,
कसरी खाने,
के खाने,
के नखाने,
उसले त्यो केहि नजाने पनि उसको पेटले भोक लाग्न जान्ने छ,
जानेर नजानेर तिमीलाई नै उसले आफ्नो शिकार ठान्ने छ,
किनकी उसले देखेको छ तिमीले नै उसका लागी खाएका थियौ ।
०००
हाल अमेरिका
Subscribe
Login
0 Comments
Oldest







































