
बाउकाे मुख हेर्ने दिन
ओंठकाे भक्ति देखाएँ आज चलेकाे चलन भएन निकाे मनकाे घाउ मुटुकाे जलन । म जस्ताे छाेराे हुँदामा बाउ के सिक्याे छाेराले कसरी बाँध्ला छाेराले अब मायाकाे डाेराले ?

रामप्रसाद पन्थी :
के खायाै बाउ भाेकमा छँदा के लायाै भनिन
झुत्रे र झाम्रे देखेर कैल्यै बाउ नै गनिन ।
सम्झना आयाे बाउकाे धेरै भेटन लाग्याे मन्
कसरी जाऊँ कहिले जाऊँ ढुक्ढुकी बढ्याे झन् ।
बाउकाे मुख हेराैं त भनी आश्रम गएँ म
स्वर्गमा बाउ गएकाे सुन्दा झसङ्ग भएँ म ।
घरका बाउ कहिल्यै आफ्ना बाउ नै ठानिन
आफू नि बाउ बन्दछु भन्ने कहिले जानिन ।
सम्पति देऊ भनेर दुःख दिएकाे पहिले
सम्पत्ति भन्दा बाउ नै ठूला सम्झिएँ अहिले ।
पछुतो लाग्याे आफैले बाउ आश्रम छाेडेकाे
आँखामा झल्काे आयाे नि आज ती बाउ राेएकाे ।
म जस्तो मूर्ख अभागी छाेराे हाेला र अरू काे
जीवित बाउ हुँदामा हाेस् भएन किन हाे ?
के गर्न सक्थें अरू नै मैले ओैंशीकाे दिनमा
बाउकाे झल्को मेटाएँ कठै हेरेर पिण्डमा ।
राखेर फाेटा फेस्बुक बीच पिताजी सम्झिएँ
स्वर्गमा बास रहाेस् भनी क्याप्सन भन्दिएँ ।
ओंठकाे भक्ति देखाएँ आज चलेकाे चलन
भएन निकाे मनकाे घाउ मुटुकाे जलन ।
म जस्ताे छाेराे हुँदामा बाउ के सिक्याे छाेराले
कसरी बाँध्ला छाेराले अब मायाकाे डाेराले ?
म जस्ता छाेरा छाेराका बाउ सबैले जानाैं है
विनती गर्छु जीवित बाउ देवता मानाैं है ।
०००
रेसुङ्गा न पा- २, गुल्मी
२०८१ भाद्र १७
पिता तीर्थ ओैंशी
सहि झटारो सरको!
सबैमा सत्बुद्धी फिरोस शुभकामना बुवाको मुख हेर्ने दिनको ।