साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बाउकाे मुख हेर्ने दिन

ओंठकाे भक्ति देखाएँ आज चलेकाे चलन भएन निकाे मनकाे घाउ मुटुकाे जलन । म जस्ताे छाेराे हुँदामा बाउ के सिक्याे छाेराले कसरी बाँध्ला छाेराले अब मायाकाे डाेराले ?

Nepal Telecom ad

रामप्रसाद पन्थी :

के खायाै बाउ भाेकमा छँदा के लायाै भनिन
झुत्रे र झाम्रे देखेर कैल्यै बाउ नै गनिन ।

सम्झना आयाे बाउकाे धेरै भेटन लाग्याे मन्
कसरी जाऊँ कहिले जाऊँ ढुक्ढुकी बढ्याे झन् ।

बाउकाे मुख हेराैं त भनी आश्रम गएँ म
स्वर्गमा बाउ गएकाे सुन्दा झसङ्ग भएँ म ।

घरका बाउ कहिल्यै आफ्ना बाउ नै ठानिन
आफू नि बाउ बन्दछु भन्ने कहिले जानिन ।

सम्पति देऊ भनेर दुःख दिएकाे पहिले
सम्पत्ति भन्दा बाउ नै ठूला सम्झिएँ अहिले ।

पछुतो लाग्याे आफैले बाउ आश्रम छाेडेकाे
आँखामा झल्काे आयाे नि आज ती बाउ राेएकाे ।

म जस्तो मूर्ख अभागी छाेराे हाेला र अरू काे
जीवित बाउ हुँदामा हाेस् भएन किन हाे ?

के गर्न सक्थें अरू नै मैले ओैंशीकाे दिनमा
बाउकाे झल्को मेटाएँ कठै हेरेर पिण्डमा ।

राखेर फाेटा फेस्बुक बीच पिताजी सम्झिएँ
स्वर्गमा बास रहाेस् भनी क्याप्सन भन्दिएँ ।

ओंठकाे भक्ति देखाएँ आज चलेकाे चलन
भएन निकाे मनकाे घाउ मुटुकाे जलन ।

म जस्ताे छाेराे हुँदामा बाउ के सिक्याे छाेराले
कसरी बाँध्ला छाेराले अब मायाकाे डाेराले ?

म जस्ता छाेरा छाेराका बाउ सबैले जानाैं है
विनती गर्छु जीवित बाउ देवता मानाैं है ।

०००

रेसुङ्गा न पा- २, गुल्मी
२०८१ भाद्र १७
पिता तीर्थ ओैंशी

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
Mani Gyawali
Mani Gyawali
1 year ago

सहि झटारो सरको!
सबैमा सत्बुद्धी फिरोस शुभकामना बुवाको मुख हेर्ने दिनको ।

Nepal Telecom ad
ऋतुदान

ऋतुदान

रामप्रसाद पन्थी
लुताे फालेँ मैले

लुताे फालेँ मैले

रामप्रसाद पन्थी
बाँदर- बँदेल र बनकर

बाँदर- बँदेल र बनकर

रामप्रसाद पन्थी
पेटाहा र फटाहा

पेटाहा र फटाहा

रामप्रसाद पन्थी
पाटी पार्टीका कुरा

पाटी पार्टीका कुरा

रामप्रसाद पन्थी
भुँडी पुराण कि जय !

भुँडी पुराण कि जय...

रामप्रसाद पन्थी
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
1
0
Would love your thoughts, please comment.x
()
x