साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सिसाको ग्लाससँग साट्न पाइन्छ

बिग्रेको जनशक्ति परिचालन नीति बिग्रेको मौद्रिक नीति बिग्रेको कृषि नीति राजनीतिक दलका चुनावी घोषणापत्रहरू सिसाको ग्लाससँग साट्न पाइन्छ ।

Nepal Telecom ad

ईश्वर पोखरेल :

सधैँजसो सुनिन्छ—
बिग्रेको मोबाइल
बिग्रेको क्याल्कुलेटर
बिग्रेको धाराको टुटी
बिग्रेको प्रेसरकुकर
बिग्रेको ब्याट्री
बिग्रेको फ्रिज
बिग्रेको ल्यापटप
सिसाको ग्लाससँग साट्न पाइन्छ ।

सुन्न पाए हुन्थ्यो—
बिग्रेको शिक्षा नीति
बिग्रेको रोजगार नीति
बिग्रेको प्राकृतिक स्रोत परिचालन नीति
बिग्रेको स्वास्थ्य नीति
बिग्रेको जनशक्ति परिचालन नीति
बिग्रेको मौद्रिक नीति
बिग्रेको कृषि नीति
राजनीतिक दलका चुनावी घोषणापत्रहरू
सिसाको ग्लाससँग साट्न पाइन्छ ।

सुन्न मन छ—
आचरण बिग्रेका कर्मचारी
मति बिग्रेका जनप्रतिनिधि
प्राज्ञिक मर्यादाबाट स्खलित विषयविज्ञ
बिग्रेका प्राज्ञ
दलको सदस्यतामा मात्र भविष्य देख्ने शिक्षक/प्राध्यापक
खोई के; खोई के : योजनाविद्
भीडमा छोइछिटो बार्ने बुद्धिजीवी
राजनीतिक दलका बिग्रेका नेताहरू
रचना छनोट गर्दा रचनाकारसँगको भेटघाट सम्झिने सम्पादक
टुटेको पिरती
पटकपटक आफ्नै रचना मात्र पढिरहने रचनाकार
धरापमा परेको दाम्पत्य
विवेकमा टेकेर बोल्न धर्मराउने कवि
सिसाको ग्लाससँग साट्न पाइन्छ ।

०००
बोजेपोखरी, ललितपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
कुखुरो : घडी चरो कि विकासे चरो ?

कुखुरो : घडी चरो...

ईश्वर पाेखरेल
लुङ्गी : न टाँक न इजार

लुङ्गी : न टाँक...

ईश्वर पाेखरेल
भोट

भोट

ईश्वर पाेखरेल
आमा…

आमा…

डा. रमेश शुभेच्छु
आमा

आमा

प्रल्हाद पोखरेल
कस्तो मायाँ लाग्छ, आमा

कस्तो मायाँ लाग्छ, आमा

बिनुबाबा घिमिरे
सम्भावना

सम्भावना

डा. लोकेन्द्रप्रसाद पौड्याल
शीतल जल र तातो खुराक

शीतल जल र तातो...

डा. पशुपति फुयाल
0
Would love your thoughts, please comment.x
()
x