साइबर अपराध सम्बन्धी सचेतना सामग्री

वास्तु विग्रिएको गाउँ (३)

सबै पुरोहितहरूका आ आफ्ना पोखरी जस्तै रहेछन् जजमानहरू । अर्काको अधिया गर्दा गर्दै उनी परमधाम गए रे । छोरा छोरीहरूले पनि अहिले मुठी उचाल्न छाडे रे ।

Nepal Telecom ad

गोपेन्द्रप्रसाद रिजाल :

आज त्यो बेलाको कुरा जुन, बेला मान्छे सबै सकिएर काँग्रेस, कम्युनिष्ट जस्ताहरू मात्र थिए । मान्छे मर्न छोडेका थिए जन्मन पनि छोडेका थिए । विवाह आदि पनि झण्डा मिल्नेसँग मात्र हुन्थ्यो । जन्ति, मलामी पनि मान्छे होइन पार्टी जान्थे । लाशले पनि लाश हुन पाउँदैन थियो त्यो पनि कि त काँग्रेस कि त कम्युनिष्ट नै हुन्थ्यो । सबैका धुरीमा वायुको धजो गाडे जस्तो रंगी विरंगीका झण्डा हुन्थे । शिक्षक, कर्मचारी, लगायत गाउँका धामी, झाँक्री, माङ्गदेम्बा, पुरोहित, जोतिषी सबै झण्डाले छोपेका थिए । संस्कार पनि सबैमा खग्रास सूर्य ग्रहणले सर्लक्कै निले जस्तो भएको थियो । भेटमा पनि नाता गोता सबै मरेको थियो । बा, आमाका गोडा समाएर ढोग्ने चलन पनि मर्दै थियो । कि त जय नेपाल भन्दै लबटो उठाउने कि त मुठी कसेर मुड्की उठाउने मात्रको विकाश हुँदै थियो । समग्रमा समाज विखण्डित भएको बेला थियो त्यो । यो कुरा पञ्चायती व्यवस्था भन्दा पछि र जङ्गल पस्नेहरू भन्दा अघिको कुरा हो ।

किनेको नै सही, एउटा आधिकारिक जस्तो लाग्ने कानपुरे लिप्टो बोकेपछि जस्को बोलवाला छ उसैको झण्डा ओढे पछि शिक्षकको जागिर पक्का हुन्थ्यो । अरु जागिर त जिल्लामा माथवरी हुनेले सम्बन्धित कार्यालयको हाकिमलाई थर्काए पछि पक्का थियो । धर्म परम्परा थाम्ने जस्तो लाग्ने भनेको लोकसेवा आयोग थियो तर त्यो पनि लिखितमको नाम भित्तोमा नटाँसुञ्जेल मात्रै । लिखितमको नामले भित्तोमा टाँसिन पायो भने त बकितम त “घाम पानी घाम पानी स्यालको बिहे” भन्यो भने पनि खरदार सुब्बाको अधिकृतको जागिरमा छाप लागि हाल्ने ।

वास्तु बिग्रिएको गाउँको कथाको आजको लेखोट भने पुरोहित पेशाको हो । कर्मकाण्डका धुरन्धर, ग्रह दशाका रामवाण, राम नाम सत्ते हो भन्ने बेला पुगेर तुलसाको मोठमा सुताइ सकेकालाई वैतरणी तार्न र मरे पछि सोझै स्वर्ग पठाउन सक्ने खुबी भएका प्रकाण्ड पुरोहित मान्थे सबैले मानौँ सेता घरेको आँखामा लालगेडी नै भएर बसेका थिए भन्दा फरक नपर्ने खालका थिए उनी । उन्को नाम चले पछि छोरा पनि उस्तै हुने भइहाले । दुइ छाक भात खान खाँचोे थिएन उनलाई । यसो बाहिरतिर निस्कँदा स्वस्ती गर्ने पनि धेरै थिए । उनले त्यही एकजना सेताघरेलाइ जदौ गरे हुेने ।

बहुदल आयो सबैलाई उनलाई पनि आयो तर उनको बहुदल अलिक फरक भएर आयो । उ बेलामा धनीमानी जति चारतारे मुनी र हुँदा खाने जति सबै हँसिया र घन मुनी भए । उनले पनि यसो विचार गरे जग्गाको नाममा त्यही देवीथान मुनीको पाखो । बस्ने घर भएको ठाउँमा एक रोपनी त्यत्ति हो । स्वभावैले त्यो बेला उनी हँसिया र घनमुनि हुने ठानेर मान्छे भेट्दा मुठी बटारेर लाल सलाम भन्न थाले । दुइ सय जति घर धुरी भएको गाउँमा बीस घर पनि थिएनन होला मुठी उचाल्नेहरू । सबै सेताघरेको “मझेरीका मुसा” भएका थिए ।

परिणाममा उनी जात, धर्म नमान्ने कुजात भए । हिजो उनको मुखमा स्वर्ग, नर्क, देवी, देउता सबैको बास थियो । बहुदलले सबै निली दियो । मानौ बहुदल उनका लागी सर्प भएर आयो उनी चैँ भ्यागुत्तो । उनको पेशा घुमाउने दहमा परेको कुकुर जस्तो भयो निस्कन पनि नसक्ने मर्न पनि नसक्ने । परिवारको पेट किराना सामान सकिएको पेटारो जस्तो भयो ।

आफ्नै जात मिल्दाहरूको खोजी गर्दै उनी झापा झरेछन् । त्यहाँ सबै पुरोहितहरूका आ आफ्ना पोखरी जस्तै रहेछन् जजमानहरू । अर्काको अधिया गर्दा गर्दै उनी परमधाम गए रे । छोरा छोरीहरूले पनि अहिले मुठी उचाल्न छाडे रे । हाम्रा गाउँका सेताघरे जस्तै सबै मुठी उचाल्नेहरू सेताघरे मुण्डाघरे भएछन् । वास्तु बिग्रिएको गाउँमा सेता घरे बाहेक सबैको अझै पनि वास्तु विग्रीएकै छ । हेरौँ कुन जोतिषीले सपार्ला वास्तु ।
जदौ !

०००
मैतीदेवी, काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
कालो कोट

कालो कोट

गाेपेन्द्रप्रसाद रिजाल
चटनी

चटनी

गाेपेन्द्रप्रसाद रिजाल
स्वार्थ

स्वार्थ

गाेपेन्द्रप्रसाद रिजाल
फुलमन्त्रीले रक्सी छाड्यो रे…

फुलमन्त्रीले रक्सी छाड्यो रे…

गाेपेन्द्रप्रसाद रिजाल
पुरोहित बाको टुपी

पुरोहित बाको टुपी

गाेपेन्द्रप्रसाद रिजाल
खुकुरीः अहिंसा र टोपी

खुकुरीः अहिंसा र टोपी

गाेपेन्द्रप्रसाद रिजाल
मायाको चिनो

मायाको चिनो

आर.सी. रिजाल
आमा

आमा

फित्काैली डटकम
मेरो सपनामा केही शब्द र प्राणी !

मेरो सपनामा केही शब्द...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
धुलाईका प्रकारहरू

धुलाईका प्रकारहरू

संप्रस पाैडेल
छुचो हुँदै छु

छुचो हुँदै छु

शेषराज भट्टराई
0
Would love your thoughts, please comment.x
()
x