साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हामीसँग एकाधिकार व्यापार छ

अब कताबाट भो व्यापार घाटा चामल र मलका साथ आयात गरेर आँटा कता हुन्छ घाटा अर्थशास्त्री कस्ता लाटा यिनलाई नपुगेकै हो भाटा ।

Nepal Telecom ad

होम सुवेदी :

हाम्रो व्यापार
घाटा छ भन्नेहरू
यता सुन
अलिक पढेर कुरा गुन
मनमा कुरा बुन
सिक अलिक चनाखो हुन
को भन्छ
हाम्रो व्यापार
घाटा छ भनेर
को भन्छ
व्यापार नोक्सानमा छ भनेर
त्यसो भन्नेहरूलाई
मुखभरीको जवाफ छ मसँग
अदूरदर्शी हुन्
कुहिएका फर्सी हुन्
आज हैनन् भोलि पर्सि हुन्
राष्ट्रविरोधी हुन्
हामी सुन्तला निर्यात गर्छौँ
ट्रकका ट्रक
स्क्वास आयात गर्छौँ
एक दुई ट्रक मात्र आयात गर्छौँ
ठुला ठुला बाँस निर्यात गर्छौ
मसिना दाँत कोट्याउने सिन्का
बोरामा आयात गर्छौँ
अब कताबाट व्यापार घाटा भो
अझ हामी दिनको पचास हजार
युवा निर्यात गर्छौँ
तर पाँचसात बाक्सा लास आयात गर्छौँ
अब को भन्न सक्छ
हाम्रो व्यापार घाटामा छ भनेर
को भन्न सक्छ असन्तुलित छ
पचास हजार लास आयात गरेर
पाँचसात जना पठाउनु पो हो त
व्यापार घाटा हो त
हामी ता नाफामा छौँ
कस्ता अर्थशास्त्री हुन्
कस्ता विश्लेषक हुन्
कस्ता घुच्चुक हुन्
बुझ्नै सकिन्न
हामी ता एकाधिकार व्यापारी हौँ
हामीसँग एकाधिकार छ
हजारौँ निर्यात गरेर
केही थान बाकस आयात गर्नु
कताबाट घाटा भो
ठुला काठहरू निर्यात गरेर
सिन्का आयात गर्नु
कता घाटा भो
अझ हामी
हाम्रा मान्यता
नैतिकता
मानमर्यादा
निर्यात गरेर
केही नाङ्गो संस्कार
आयात गर्दैछौँ
अब कताबाट भो व्यापार घाटा
चामल र मलका साथ
आयात गरेर आँटा
कता हुन्छ घाटा
अर्थशास्त्री कस्ता लाटा
यिनलाई नपुगेकै हो भाटा
होस गरेर विश्लेषण गर
छैन हाम्रो व्यापार घाटा ॥

०००
भद्रपुर, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
भेडाकैरन

भेडाकैरन

होम सुवेदी
मिशिगन*को नृत्य

मिशिगन*को नृत्य

डा. दामाेदर पुडासैनी किशाेर
कालो भयो उर्वरा

कालो भयो उर्वरा

माधव पोखरेल गोज्याङ्ग्रे
सल्लाह दिने सयौँ यहाँ, साथ दिने कोही छैन

सल्लाह दिने सयौँ यहाँ,...

लक्ष्मण नेवटिया
भर्चुअल बाढी

भर्चुअल बाढी

नन्दलाल आचार्य
सिंहदरबारको ढोका

सिंहदरबारको ढोका

लक्ष्मी रिजाल
0
Would love your thoughts, please comment.x
()
x