साइबर अपराध सम्बन्धी सचेतना सामग्री

महाकवि लक्ष्मीप्रसादको सम्झना

झ्याउरे र सोरठि भाखा पहिचान बन्दछ पूर्खाको इज्जत कायम राख्न मुलबाटो खन्दछ टोलाउदा पनि झ्याउकिरीझैँ कानमा गुञ्जन छन्दका रङ्ग, कवितैसँग नाटक मञ्चन ।

Nepal Telecom ad

कुमार खड्का :

गीतले जस्तै सुसेली हाल्छ्न् कविता लयमा
अलप हुन्छन् निरस धुन भावका भयमा
शब्दमै पावन संवाद गर्छन् अन्तर्मनले
कोइली गान सुरमा लाग्छन्, प्रेमकै तयमा ।

कहिले माया छचल्किदिन्छ, मूनाको तालमा
कहिले प्रेम विछोडिदिन्छ, मदनको हालमा
अनुपम चाल समर्पणका अनुरागी भावले
सञ्जिवनी पाएझैँ अमर अनन्त कालमा ।

मुनामदनको प्रेमिल साया वियोग गाथामा
सदैव गर्छ युगले नमन स्रष्टाको माथामा
तरङ्ग समान मानवता बोल्ने कविका कविता
निहुरिन्छ शिर भावका लक्ष्मी श्रद्धाको कथामा ।

झ्याउरे र सोरठि भाखा पहिचान बन्दछ
पूर्खाको इज्जत कायम राख्न मुलबाटो खन्दछ
टोलाउदा पनि झ्याउकिरीझैँ कानमा गुञ्जन
छन्दका रङ्ग, कवितैसँग नाटक मञ्चन ।

सरश्वतिले गर्न सक्दिनन् शब्दका सामना
रवि किरण भन्दा झन् गाढा जाग्दछन् भावना
आशिष माग्छन् जुनको शितल, शीतको थोपाले
विचार महान वरदपुत्र श्रद्धाको कामना ।

०००
आलापोट, काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
चार ठोक्तक

चार ठोक्तक

कुमार खड्का
चार ठोक्तक

चार ठोक्तक

कुमार खड्का
चार ठोक्तकहरु…

चार ठोक्तकहरु…

कुमार खड्का
चार ठोक्तक

चार ठोक्तक

कुमार खड्का
पाँच ठोक्तक

पाँच ठोक्तक

कुमार खड्का
चार ठाेक्तक

चार ठाेक्तक

कुमार खड्का
बिचरा झोलेहरु

बिचरा झोलेहरु

फित्काैली डटकम
सिंहदरबार

सिंहदरबार

भोलानाथ सुबेदी
हाँसो

हाँसो

हरिप्रसाद घिमिरे
बेहुली घाम

बेहुली घाम

तारा पराजुली
उमेर र मन

उमेर र मन

नम्रता गुरागाइँ
0
Would love your thoughts, please comment.x
()
x