सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

महाकवि लक्ष्मीप्रसादको सम्झना

झ्याउरे र सोरठि भाखा पहिचान बन्दछ पूर्खाको इज्जत कायम राख्न मुलबाटो खन्दछ टोलाउदा पनि झ्याउकिरीझैँ कानमा गुञ्जन छन्दका रङ्ग, कवितैसँग नाटक मञ्चन ।

Nepal Telecom ad

कुमार खड्का :

गीतले जस्तै सुसेली हाल्छ्न् कविता लयमा
अलप हुन्छन् निरस धुन भावका भयमा
शब्दमै पावन संवाद गर्छन् अन्तर्मनले
कोइली गान सुरमा लाग्छन्, प्रेमकै तयमा ।

कहिले माया छचल्किदिन्छ, मूनाको तालमा
कहिले प्रेम विछोडिदिन्छ, मदनको हालमा
अनुपम चाल समर्पणका अनुरागी भावले
सञ्जिवनी पाएझैँ अमर अनन्त कालमा ।

मुनामदनको प्रेमिल साया वियोग गाथामा
सदैव गर्छ युगले नमन स्रष्टाको माथामा
तरङ्ग समान मानवता बोल्ने कविका कविता
निहुरिन्छ शिर भावका लक्ष्मी श्रद्धाको कथामा ।

झ्याउरे र सोरठि भाखा पहिचान बन्दछ
पूर्खाको इज्जत कायम राख्न मुलबाटो खन्दछ
टोलाउदा पनि झ्याउकिरीझैँ कानमा गुञ्जन
छन्दका रङ्ग, कवितैसँग नाटक मञ्चन ।

सरश्वतिले गर्न सक्दिनन् शब्दका सामना
रवि किरण भन्दा झन् गाढा जाग्दछन् भावना
आशिष माग्छन् जुनको शितल, शीतको थोपाले
विचार महान वरदपुत्र श्रद्धाको कामना ।

०००
आलापोट, काठमाडौं

Fitkauli Publication Books comming soon
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
तपस्वी ढाडे

तपस्वी ढाडे

कुमार खड्का
विलोम…

विलोम…

कुमार खड्का
द्वैध चरित्र

द्वैध चरित्र

कुमार खड्का
भ्यूटावर…

भ्यूटावर…

कुमार खड्का
जिब्रो

जिब्रो

कुमार खड्का
विषमता

विषमता

कुमार खड्का
सक्दैन मान्छे हुन

सक्दैन मान्छे हुन

के.पी. पाैडेल
धरोधर्म गर्छु (४२)

धरोधर्म गर्छु (४२)

डिल्लीप्रसाद मूलतिहुन
जमाना

जमाना

सुनिता सापकोटा
महङ्गो भो सपना

महङ्गो भो सपना

बालकृष्ण खनाल
कुबाटोमै जय छ

कुबाटोमै जय छ

हरि कोर्काली
0
Would love your thoughts, please comment.x
()
x