होम सुवेदीदेवकोटाको मर्म
प्रशंसा झुटो गरेको भए कमाइ हुँदो हो मिथ्याको गीत देवकोटाले कहिल्यै गाएन ॥ काव्यको सेवा गरेर मैले जीवन गुजारेँ सत्ताको मिथ्या चाकरी गर्न यो मान्छे धाएन ॥

होम सुवेदी :
चुरोट सर्को नतानी लेख्न मलाई आएन
किनेर खाने रोकडा भने ज्यानले पाएन ॥
जिउँदो छँदा देशले कतै चिनेन मलाई
देशले उल्टै प्रशंसा गर्न फुर्सदै पाएन ॥
बनाई मूर्ति गर्दै छन् भोज पर्साद बाँड्दै छन्
उ बेला भने सोधेनन् मलाई खायो कि खाएन ॥
श्रमकै मात्र शोषण भयो सोधेन कसैले
गतिलो लुगा कविले कैले लायो कि लाएन ॥
प्रशंसा झुटो गरेको भए कमाइ हुँदो हो
मिथ्याको गीत देवकोटाले कहिल्यै गाएन ॥
काव्यको सेवा गरेर मैले जीवन गुजारेँ
सत्ताको मिथ्या चाकरी गर्न यो मान्छे धाएन ॥
यता छ पूजा उ बेला भने देखेन कसैले
चुहिने घर देवकोटाले छायो कि छाएन ॥
०००
भद्रपुर, झापा
Subscribe
Login
0 Comments
Oldest







































