साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पागल कवि

पागल कवि पागल तिम्राे अमर नामले पागल बन्न लाग्दैछ मन राज्यका कामले । बाँलेर राँकाे विद्राेह गरूँ भन्दै छ मनले प्रवाह छैन पागल भन्ला पागल जनले ।

Nepal Telecom ad

रामप्रसाद पन्थी :

जरूर तिमी पागलै थियाै हे लक्ष्मी ! प्रसाद
धनका लागि कहिल्यै किन गरेनाै फसाद ?

टाेलायाै कैले घाटमा पुगी बेहाेसी पारामा
छाँट र छन्द नदेखी कैल्यै दुनिया सारामा

मूर्तिकाे पूजा नगर भन्याै मन्दिर गएर
दुःखीकाे सेवा गर पाे भन्याै मानव भएर ।

दर्शन दियाै मानव देह मन्दिर भनेर
ईश्वर साक्षी आत्मा हाे भन्याै मनैले जानेर

कमाइ सच्चा गरेर खानू भनेछाै बेकार
त्यसैले तिमी पागल भयाै याे कुरा स्वीकार

रहस्यमय जीवन बुझ्न उद्यान पठायाै
निमुखा जन देखेर किन व्यर्थैमा टिठायाै ?

भएर जान्ने तिमीले खुबै झ्याउरे सिँगार्याै
शास्त्रीय छन्द भरेर रङ्ग माटाे नै सिँगार्याै ।

मुना र मदन प्रेमिल जाेडी खाेजेरै जुटायाै
निष्ठुरी बनी आफैले किन आखिर छुटायाै

विद्राेह गर्न लगायाे कस्ले राज्यका विरूद्ध
चाकडी गरी बसेकाे भए हुन्नथ्याे खुरूक्क ?

राणाका पाला उपद्राे गर्दा जेलमा जाकियाै
पागल भनी पागलखाना तिमी नै राखियाै

देशकाे मन्त्री भएर पनि नखाँदा ढुकुटी
अभाव झेली बनायाै आफै जीवन सुकुटी

जीवन तिमी पागलसरी भएरै बितायाै
पागल ठान्ने दुनियाँलाई पागलै किटायाै ।

पागल कवि पागल तिम्राे अमर नामले
पागल बन्न लाग्दैछ मन राज्यका कामले ।

बालेर राँकाे विद्राेह गरूँ भन्दै छ मनले
प्रवाह छैन पागल भन्ला पागल जनले ।

०००
रेसुङ्गा न पा २ , गुल्मी
२०८१ कात्तिक १५ देवकोटा जयन्ती

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
भुँडी पुराण कि जय !

भुँडी पुराण कि जय...

रामप्रसाद पन्थी
काफल काण्ड

काफल काण्ड

रामप्रसाद पन्थी
आफनि घाेल आफुइ धेकुन

आफनि घाेल आफुइ धेकुन

रामप्रसाद पन्थी
शहीद ?

शहीद ?

रामप्रसाद पन्थी
म त दान दिन्नँ

म त दान दिन्नँ

रामप्रसाद पन्थी
आँधी

आँधी

मिश्र वैजयन्ती
बोक्सीका ताजा बात- ९

बोक्सीका ताजा बात- ९

गायत्री परिरोशनी
माटोबाट पलाएर माटोमै

माटोबाट पलाएर माटोमै

अनिता काेइराला
बिचरा झोलेहरु

बिचरा झोलेहरु

फित्काैली डटकम
0
Would love your thoughts, please comment.x
()
x