साइबर अपराध सम्बन्धी सचेतना सामग्री

लक्ष्मीप्रसाद देवकोटा

उम्दा उम्दा रसमय महाकाव्य छन् धेर जाती भाषा खेल्ने मधुर लयमा उम्लिने भाव भाँती पुज्छन् सारा रसिकजनले प्रेमले मूर्ति फोटा नेपालीका प्रखर कविता पुञ्ज हुन् देवकोटा॥

Nepal Telecom ad

रामशरण न्याैपाने :

 साह्रै राम्रो अभिनव कला भारतीको लिएका
नेपालीका सकल कविमा व्यास झैँ देखिएका
शोभा भर्ने बहुत रसिला काव्यमा जो अनौठा
नेपालीका प्रखर कविता पुञ्ज हुन् देवकोटा॥१

लेखी पाँजे यस मुलुकमा कीर्तिका चाङ भारी
नेपालीका मन मुटु छुने भाव नौला उतारी
ब्रह्माजस्तै युग प्रवर ती काव्यका मूल होता
नेपालीका प्रखर कविता पुञ्ज हुन् देवकोटा॥२

भाषा खुल्ने हर पल नयाँ गणडकी मूल-धारा
नौला शिल्पी प्रकृतिमय छन् मानवीसोच सारा
दामी लाग्छन् अमर कविता रूपमा छैन खोटा
नेपालीका प्रखर कविता पुञ्ज हुन् देवकोटा॥३

लेखे प्यारो मदन र मुना लोकको गीत गाथा
नेपालीका घरबिच सधैँ बज्छ घन्किन्छ भाका
पुग्छन् सारा घर दलिनमा गर्न कोठा र चोटा
नेपालीका प्रखर कविता पुञ्ज हुन् देवकोटा॥४

उम्दा उम्दा रसमय महाकाव्य छन् धेर जाती
भाषा खेल्ने मधुर लयमा उम्लिने भाव भाँती
पुज्छन् सारा रसिकजनले प्रेमले मूर्ति फोटा
नेपालीका प्रखर कविता पुञ्ज हुन् देवकोटा॥५

०००
भक्तपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नाङ्गो नाच म हेर्छु

नाङ्गो नाच म हेर्छु

रामशरण न्याैपाने
वृद्ध वृद्धा सबै …

वृद्ध वृद्धा सबै …

रामशरण न्याैपाने
सबै पाका मान्छे

सबै पाका मान्छे

रामशरण न्याैपाने
जेन्जी सहिद र मेरो सोझो दिमाग

जेन्जी सहिद र मेरो...

नन्दलाल आचार्य
ढँटुवा बादल

ढँटुवा बादल

खगेन्द्र नेउपाने
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
0
Would love your thoughts, please comment.x
()
x