साइबर अपराध सम्बन्धी सचेतना सामग्री

अस्तित्व !

विनाआशा पर्वतको प्रहर अग्लिएझैँ प्रचण्ड गर्मी सर्वतको स्वाद सग्लिएझैँ अस्तित्वको आल्हाद विनाभेद फैलिएको पोखरी पार गरेर चट्टान पाउ टेक्छ निरन्तर घाउ बेदाग हिँडिरहन्छ निरन्तर ।

Nepal Telecom ad

कलानिधि दाहाल :

शिरमा शिर सजाएर
लहराका टुप्पा चुम्मिएझैँ
डढेलोपछिको जङ्गलमा
हरिया पिपिरा झुम्मिएझैँ
मनको वन फाँडेर
सुकेका पत्कर हटाउँदै
फोहोरमैला सफा गरेर
दागहरू कटाउँदै
चट्याङ्पछिको मनजस्तै
हुरीहुन्डरीपछिको
आकाशजस्तै
बेदाग दिलको
मिही रेखासँग छुट्ने
निस्कलङ्क मुस्कानका मजामा
तीलको गेडोजस्तै
अपरिवर्तित अनन्त हो
अस्तित्व!
न दौडन्छ
हल्ला होहल्लाको हुलमा
न हुत्तिन्छ
मायामोहको ढुल्मुदमा
न रङ् फेर्छ
पदपैसाको खुल्दुलमा
समाधि कसेर आसनमा
नदौडेर जिब्रोमिठासको रासनमा
झम्झम् झरी झरेको
खोल्सीकिनाराका
बाँसका टुप्पाहरू
पवनगतिमा पिङ् खेलेर
जल चुमेझैँ
अथक उज्याला अक्षरचुम्बनभित्र
सचित्र संसार साक्षात्कार
साक्षात्कार आफू संसार
विनाआशाको अग्लो स्तम्भ
निरन्तर पाउ धसेर धरामा
कुम घोटेर पहरामा
क्षितिज अग्लिरहन्छ
अस्तित्व!
न हाल्खबर सोध्छ उल्ले
न हल्ला प्रहर रोज्छ उल्ले
न धर्मधार खोज्छ उल्ले
बलेको दियालोझैँ
सुनसानमा
निर्जन एकान्तमा
विनाआशा
पर्वतको प्रहर अग्लिएझैँ
प्रचण्ड गर्मी
सर्वतको स्वाद सग्लिएझैँ
अस्तित्वको आल्हाद
विनाभेद
फैलिएको पोखरी पार गरेर
चट्टान पाउ टेक्छ निरन्तर
घाउ बेदाग हिँडिरहन्छ निरन्तर ।

०००
कलेकुटी, काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
कुरूप हुन्न सुन्दर !!

कुरूप हुन्न सुन्दर !!

कलानिधि दाहाल
हुर्काऊँ नवपध्दति !!

हुर्काऊँ नवपध्दति !!

कलानिधि दाहाल
जङ्गली समाज !!

जङ्गली समाज !!

कलानिधि दाहाल
बुढेसकालमा बुढोले थपे बिछ्याउना

बुढेसकालमा बुढोले थपे बिछ्याउना

रणबहादुर बुढाथोकी ‘भैया’
‘नेतारोग’ लागेको मान्छे !

‘नेतारोग’ लागेको मान्छे !

राजेन्द्र तारकिणी
मोबाइल

मोबाइल

उत्तम विचार
भाषा कविता

भाषा कविता

खगेन्द्र नेउपाने
बादल र मानिस

बादल र मानिस

लक्ष्मण नेवटिया
0
Would love your thoughts, please comment.x
()
x