सुभाषचन्द्र देवकाेटाधमिराले घर खायो !
घर लडेपछि मालिक पनि बर्लङ्ग जमिनमा पछारियो। र तन्द्राबाट ब्युँझियो। तर यति बेलासम्म बाबु बाजेले जग हालेर बनाई दिएको उसको आलिसान घरमा धमिराहरुको रजाई चलिसकेको थियो ।

सुभाषचन्द्र देवकाेटा :
{अहिलेको हाम्रो देशको अवस्थासँग तुलना गर्न सकिएला ?}
जब,धमिराहरु घर नजिक पुगे
धमिराहरुले पहिले
घरको छेउमा ठडिएको तगारो खाए ।
तगारो खाई सकेपछि
धमिराहरु पिँडीमाथि उक्लिए ।
धमिराहरुले
पालीका खाँबाहरु खाए ।
पालीखाँबोहरु खाएपछि
घरको पाली नै भत्कियो
घर बुङ्गो भयो।
त्यसपछि धमिराहरु फेरि अघि बढे र
घरको मूल दैलो खाए,
झ्याल ढोकाहरु एक एक गर्दै
खाएर सके।
दैलो र झ्याल ढोका खादासम्म पनि
घरधनीलाई चुपचाप देखेपछि
धमिराहरु झन् उत्साहित भए ।
घरको मालिक
माथिल्लो तलामा
उपरखुट्टी लगाएर
निर्धक्क घाम तापेर
निरोको बाँसुरी फुकिरहेको थियो।
उसलाई घरमा धमिराहरुले
धावा बोलेको कुराको
कुनै वास्ता थिएन।
अब भने धमिराहरुले
घरको मूलखाँबोमा नै धावा बोले ।
घरको मूलखाँबो नै धमिराहरुले
खाएपछि
घरको धुरी नै ढल्यो।
घर नै लड्यो।
घर लडेपछि
मालिक पनि
बर्लङ्ग जमिनमा पछारियो।
र तन्द्राबाट ब्युँझियो।
तर यति बेलासम्म
बाबु बाजेले
जग हालेर बनाई दिएको
उसको आलिसान घरमा
धमिराहरुको रजाई चलिसकेको थियो ।
घरको यस्तो हालत देखेर
उसले आफैलाई धिक्कार्यो ।
तर धेरै ढिलो भैसकेको थियो ।
हेर्दा हेर्दै
ऊ आफ्नै घरबाट बेदखल भयो।
उसका सन्तानहरु पनि बेघर बने।
घरमूलीको कुबुद्धिको शिकार
उसकै सन्तानहरु बने ।
उसको पुर्खाको पसिनाले बनेको
घर बन्यो ।
०००
गाेरखा
Subscribe
Login
0 Comments
Oldest







































