साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नयाँ विध्याका कवित्तहरू

कस्ता हुन् ठिटा काम गर्न छिटा कुरा गर्छन् मिठा काेरियामा जान्छन् कमाउँछन् बिटा उतैसिद्धान्त बनाउँछन् अनि लेख्छन् बाछिटा ।।

Nepal Telecom ad

हाेम सुवेदी :

१ टुक्का कवित्तः

ए काले खोज् नयाँ टुक्का
जताबण भे नि उक्का
म छु अहिले फुक्का
अटेरी गरिस् कि खाइस् मुक्का
अब गाँजा खानु पर्‍याे
तयार पार् हुक्का ।।

२ खोरिया कवित्त

देशमा उति कमाइ छैन
अब लागिन्छ कोरिया
कान्छा,
मुक्तकसुक्तक मारिदे गोली
अब लेख्ने गर् खाेरिया ।।

३ डाली कवित्त

हेर्दा काली काली
कसकी हाे साली
जिस्किन्छे खाली
कुरा गर्नमा जाली
अब ढलाइकाे युगमा
कसले लाओस् टाली
ट्याक्टरले सब काम गर्छ
छाडियाे समात्न काेदाली
के जानुन् बनाउन फाली
फस्टाएकाे छ दलाली
मेरी कविता डाली
उम्किएर अन्त जाली ।

४ बाछिटा कवित्त

कस्ता हुन् ठिटा
काम गर्न छिटा
कुरा गर्छन् मिठा
काेरियामा जान्छन्
कमाउँछन् बिटा
उतैसिद्धान्त बनाउँछन्
अनि लेख्छन् बाछिटा ।।

०००
भद्रपुर, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नदीकाे मृत्यु

नदीकाे मृत्यु

खगेन्द्र नेउपाने
आत्मबोध

आत्मबोध

ईश्वर पाेखरेल
आइमाई

आइमाई

डा. दामाेदर पुडासैनी किशाेर
बोल्न नहुने के रोग लाग्यो कुनि ?

बोल्न नहुने के रोग...

बालकृष्ण खनाल
0
Would love your thoughts, please comment.x
()
x