साइबर अपराध सम्बन्धी सचेतना सामग्री

फरक ब्रान्डको कवि

बिम्ब ? के हो ? धुवाँले खग्रास बनाएको पुरानो घरको बिम हो ? प्रतिक के हो ? म त हाम्रो टोलको गँजडी प्रतीकलाई चिन्छु। त्यो खोया मोरो नै साक्षी बनोस् मेरो कविताको ?

Nepal Telecom ad

नारायण भट्टराई

म फरक ब्रान्डको कवि,
भो ! म त पढ्दिनँ,
नपढी लेख्छु —
आफूलाई
सिमलको रुखभन्दा अग्लो देख्छु।

नपढेर सानो भएको हो र, कमिलो ?
ठूला हुनेले जे गरे लेखेरै गरे —
कलमवीरले दुई हजार पैँतालीसमै
पच्चीस किताब भरे।
उनी हाम्रो गाउँले ‘किताबे काका’,
सुत्थे किताबकै ओछ्यानमा ।
सिरानी हुन्थ्यो पुस्तक,
देख्थेँ घर छाउने जस्ता उनी
उनकै किताबको पानामा।
कहिलेकाहीँ झोंक चल्थ्यो,
ताप्थे किताबकै आगो।

त्यो काकाको सङ्गत पाएँ,
लेख्न गाह्रो लागेन।
एक कप चिया, एक खाली कुर्सी,
कलम समाएर लेख्न थालेँ ।

के लेखेँ ?
मनको लहर लेखेँ,
देखेको दृश्य लेखेँ,
मनमा पिर रोप्ने झिर लेखेँ।
कि देश बिग्रेको लेखेँ ,
कि पल्लाघरे तिघ्रिएको लेखेँ।
खोया बिर्केको बोतलभित्र पसेर
नराम्रोसँग बिग्रिएको लेखेँ ।
एउटा फिरङ्गी कराउँछ ठाउँ न कुठाउँमा
पसुन् नपसुन् कसैका कानमा
त्यसै बर्बराउछ हावामा
त्यही नै हो मेरो कविताको खजाना।

साहित्य — गाली हो ?
जति गाली गर्यो, त्यति ताली !
त्यसैले मुखमा गोमन बोकेको छु
भेटे सम्म टोकेको छु।

पढ्नै पर्छ लेख्नलाई ?
सेक्सपियरले त स्कुलनै छाडे रे !
शेक्सपियर बन्नु छ मलाई,
त्यसैले म नपढी लेख्छु।

बिम्ब ? के हो ?
धुवाँले खग्रास बनाएको
पुरानो घरको बिम हो ?
प्रतिक के हो ?
म त हाम्रो टोलको गँजडी प्रतीकलाई चिन्छु।
त्यो खोया मोरो नै साक्षी बनोस् मेरो कविताको ? —
होइन, मलाई चाहिँदैन।

चाहिँदैन बिम्ब, न त अलङ्कार ।
मेरो कविताको छ आफ्नै धार ।
भन्नु पर्दैन — पत्याउनु पर्दैन,
टिप्पणी ? समीक्षा ? — मेरा सौताका सन्तान हुन् ।

च्याउजस्तै फुटेका छन् मेरा कविता,
सडकमै छापिए,
“आहा” अनि “उम्दा” कमेन्ट पाए,
लाइक र सेयरको ओइरो लागे।

फेसबुकमा जन्मदिन मनाए,
साहित्य समूहले फोटा टाँसे,
गोष्ठीमा म छाएकै छु —
म फरक ब्रान्डको कवि ।

०००
इलाम, हाल अमेरिका

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
युगल बसेल
युगल बसेल
1 year ago

आहा !

Nepal Telecom ad
1
0
Would love your thoughts, please comment.x
()
x