साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कमाउने धन्दा

लौ न लौ । कनकले कमाउने, दनकले कमाउने । शिक्षितले कमाउने, दीक्षितले कमाउने । माल गनेर कमाउने, छाल गनेर कमाउने । सबै कमाउने नै कमाउने अनि कसले कसलाई समाउने ?

Nepal Telecom ad

अशाेककुमार शिवा :

जसले जे धन्दा गरे पनि धन्दा खालि कमाउनैमा केन्द्रित हुन्छ । खन्नेले कमाउने, गन्नेले कमाउने । भन्नेले कमाउने, भनाउनेले कमाउने । समाउनेले कमाउने, छोड्नेले कमाउने । दल्नेले कमाउने, दलाउनेले कमाउने ।

हान्नेले कमाउने, ठोक्नेले कमाउने । बोक्नेले कमाउने, टोक्नेले कमाउने । हाल्नेले कमाउने, थाप्नेले कमाउने । चाल्नेले कमाउने, वाल्नेले कमाउने । सार्नेले कमाउने, तार्नेले कमाउने । तान्नेले कमाउने, ठेल्नेले कमाउने । उचाल्नेले कमाउने, थेचार्नेले कमाउने । गुडाउनेले कमाउने, उडाउनेले कमाउने । खेल्नेले कमाउने, खेलाउनेले झन् धेर कमाउने । गाँठो पार्नेले कमाउने, फुकाउनेले कमाउने ।

ओहो ! घुम्नेले कमाउने, घुमाउनेले कमाउने । देखाएर कमाउने, लुकाएर कमाउने । ओसारेर कमाउने, पसारेर कमाउने । झारेर कमाउने, टिपेर कमाउने । उधारेर कमाउने, सिलाएर कमाउने । उप्काएर कमाउने, टाँसेर कमाउने । मलेर कमाउने, दलेर कमाउने ।

धोएर कमाउने, रोएर कमाउने । सुकाएर कमाउने, उठाएर कमाउने । वझाएर कमाउने, मिलाएर कमाउने । छिर्के लगाई कमाउने, विर्को लगाई कमाउने । लेखेर कमाउने, मेटेर कमाउने । ढाँटेर कमाउने, छलेर कमाउने ।

लौ न लौ । कनकले कमाउने, दनकले कमाउने । शिक्षितले कमाउने, दीक्षितले कमाउने । माल गनेर कमाउने, छाल गनेर कमाउने । सबै कमाउने नै कमाउने अनि कसले कसलाई समाउने ?

०००
घोक्रेठ्याक (२०७१)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x