साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बोकाको बकबकमा मान्छेको योग्यता

यतिले पनि तिमी अघाउन्नौ भने मसँग अझै एउटा राजखानी बाँकी हुन्छ खाऊ, त्यो पनि खाऊ किनकि, मेरो गिदी र, अन्य अङ्गप्रत्यङ्ग खानभन्दा पनि मेरो राजखानी खान तिमी योग्य छौ ।

Nepal Telecom ad

पिँडालु पण्डित :

खाऊ
खान जन्मेका रहेछौ
खाऊ
जहाँ जतिखेर
जे मन लाग्छ खाऊ
चपाउन सके सिङ खाऊ
पचाउन सके खुर खाऊ
नसके
कान खाऊ वा जिभ्रो खाऊ
आँखा खाऊ वा पुच्छर खाऊ
कलेजो मन पर्नेले कलेजो खाऊ
फोक्सो रुचाउनेले फोक्सो खाऊ
मेरा मुटु मिर्गौला
जे मन लाग्छ खाऊ
फलमासु खाऊ वा ह्याकुला खाऊ
खुट्टी खाऊ वा नाक खाऊ
खानका लागि
सबै छुट छ तिमीलाई
मन लागेको खाऊ
गर्धन खाऊ वा चाँप खाऊ
आन्द्रा खाऊ वा भुँडी खाऊ
फियो खाऊ वा रक्ती खाऊ
खान जन्मेका रहेछौ
दायाँ बायाँ केही नसोची
खाऊ
जो सकेको खाऊ
अब मेरो
एउटै अन्तिम चाहना
म तिमीहरूबाट
कपाकप खाइएरै सिद्धिन्छु
प्रतिवाद पटक्कै गर्दिनँ
प्रतिवादको यहाँ कुनै अर्थ छैन
किनकि,
बोल्न नसक्नेको
यहाँ आवाज बिक्तैन
क्वाँ क्वाँ रुनेको पनि
यहाँ आँसु बिक्तैन
र त– यी दुवैको
यहाँ अस्तित्व छैन
त्यही बुझाइले अचेल म
आवाजबिहीन बनेको छु
आँसुबिहीन बनेको छु
र त– बिनामूल्यका
यी दुवैको मुहान
मैले थुनिदिएको छु
तिम्रा लागि यो सुनौलो अवसर
खाऊ, जति सक्छौ खाऊ
सिरिखुरी सबै खाइसकेपछि पनि
सत्ताधारीहरूले
जनताको गिदी खाएझैँ
तिमी पनि
खाऊ, मेरो गिदी खाऊ
मेरो गिदीको
कुनै अर्थ र मूल्य छैन भने
यसलाई–
लुकाएर के काम ?
सुकाएर के काम ?
देखाएर के काम ?
जोगाएर के काम ?
त्यसैले म दोहोर्‍याएर भन्छु
सत्तासीनहरूले
तिनका जनताको गिदी खाएझैँ
निर्भीक भएर
तिमी पनि मेरो गिदी खाऊ
म कुनै बहिरा अड्डा अदालतमा
उजुरबाजुर गर्ने छैन
खाऊ, ढुक्कले मेरो गिदी खाऊ
यतिले पनि
तिमी अघाउन्नौ भने
मसँग अझै
एउटा राजखानी बाँकी हुन्छ
खाऊ, त्यो पनि खाऊ
किनकि,
मेरो गिदी
र, अन्य अङ्गप्रत्यङ्ग
खानभन्दा पनि
मेरो राजखानी खान
तिमी योग्य छौ
परम योग्य छौ
खाऊ
ढुक्कले मेरो ताजा राजखानी खाऊ ।

०००

काठमाडाैं

२०८२/४/१८

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
जुँगा निर्मूल अभियान

जुँगा निर्मूल अभियान

पिँडालु पण्डित
लाइन माने लाइन

लाइन माने लाइन

पिँडालु पण्डित
लाइन माने लाइन

लाइन माने लाइन

पिँडालु पण्डित
निरन्तरताको क्रमभङ्ग

निरन्तरताको क्रमभङ्ग

पिँडालु पण्डित
खासखुस

खासखुस

पिँडालु पण्डित
पुर्पुरो

पुर्पुरो

पिँडालु पण्डित
नागरिक एक्सप्रेस !

नागरिक एक्सप्रेस !

गायत्री परिरोशनी
सबैजना आओ

सबैजना आओ

भोलानाथ सुबेदी
तस्बिरको राजा

तस्बिरको राजा

कृष्णभक्त श्रेष्ठ
फेरि एउटा लाेककथा

फेरि एउटा लाेककथा

खगेन्द्र नेउपाने
ताली बजाउँदछन्

ताली बजाउँदछन्

बालकृष्ण खनाल
नाैलाे युग, अभिनव वहार ? 

नाैलाे युग, अभिनव वहार...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
0
Would love your thoughts, please comment.x
()
x