साइबर अपराध सम्बन्धी सचेतना सामग्री

घ्याम्पे भुँडी

जागेमा जनता हुनेछ बिपती, तिम्रो अवस्यै पनि। टाडा छैन यतै छ हेर नजिकै भेट्टाउला त्यो दिन।। भन्थे पूर्वजले परिन्छ अगती, जोडे लुटी सम्पति। जसले पाप गरी ठग्यो मुलुकको भेटाउला दुर्गति।।

Nepal Telecom ad

बालकृष्ण खनाल :

घ्याम्पे पेट रहेछ दुष्ट जनको, भोरिन्न केही गरि।
भ्रष्टाचार गरीगरी मुलुकको खाई सक्यो सम्पती।।
ठेक्का लिन्छ उहीँ गरेर लफडा, गुन्डा लगाइ कन।
भूमी पूजन गर्छ तस्कर सधै, फाडेर सारा बन।।१

खायो त्यो अलकत्रको पनिसबै, बाटो बिगारी कन।
पापी कर्मगरेर दुष्ट जनले,जोड्दैछ धेरै धन।।
नेताछन् उसकै सबै अधिनमा, उस्कै कमान चल्दछ।
दौडन्छन् नकटा बिचार नगरी, मेवा जहाँ फल्दछ।।२

लोभिन्छन् पुतली हरू र भमरा, देखिन्छ बत्ती जहाँ।
देखेमा बनसम्पदा अलिकता, पुग्छन् ति तस्कर पनि।।
गर्छन् गोप्य कुरा बसेर सँगमा, नेता र ती तस्कर।।
अड्डाका मुखियाहरू पनि सबै, बोलाउँछन् सकभर।।३

गर्दा लोभ बिलाप हुन्छ सबको, भन्ने बुझेनन् किन।।
भन्छन् भाग्य रहेछ हो अगतिलो, आए कठिन्का दिन।
जागेमा जनता हुनेछ बिपती, तिम्रो अवस्यै पनि।
टाडा छैन यतै छ हेर नजिकै भेट्टाउला त्यो दिन।।४

भन्थे पूर्वजले परिन्छ अगती, जोडे लुटी सम्पति।
जसले पाप गरी ठग्यो मुलुकको भेटाउला दुर्गति।।
जे भोगे उनले सुनाय सबको, सुन्ने हरूले बुझ।
खोजौँ भ्रष्टहरू पुरै समरका बालेर राँको उठ।।५

०००
टिकापुर, कैलाली

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
ताली बजाउँदछन्

ताली बजाउँदछन्

बालकृष्ण खनाल
के के नयाँले गरे

के के नयाँले गरे

बालकृष्ण खनाल
बोल्न नहुने के रोग लाग्यो कुनि ?

बोल्न नहुने के रोग...

बालकृष्ण खनाल
पैसा कमाएपछि

पैसा कमाएपछि

बालकृष्ण खनाल
बोल्दै नबोल्ने भयो

बोल्दै नबोल्ने भयो

बालकृष्ण खनाल
भागेर जो गैगयो

भागेर जो गैगयो

बालकृष्ण खनाल
नागरिक एक्सप्रेस !

नागरिक एक्सप्रेस !

गायत्री परिरोशनी
सबैजना आओ

सबैजना आओ

भोलानाथ सुबेदी
तस्बिरको राजा

तस्बिरको राजा

कृष्णभक्त श्रेष्ठ
फेरि एउटा लाेककथा

फेरि एउटा लाेककथा

खगेन्द्र नेउपाने
ताली बजाउँदछन्

ताली बजाउँदछन्

बालकृष्ण खनाल
नाैलाे युग, अभिनव वहार ? 

नाैलाे युग, अभिनव वहार...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
0
Would love your thoughts, please comment.x
()
x