सुभाषचन्द्र देवकाेटाहैट ! मरेको जुनी
आँसु र रगतका नदीहरुको बेग छेक्न दुर्योधनको गधा उठायो। सकुनीसँग हात मिलायो। जुन दिन देखि उसले आफूलाई पारी पुर्याउने आँसु र रगतका नदी प्रबाहमाथि षड़यन्त्र गर्न सिक्यो ।

सुभाषचन्द्र देवकाेटा :
रगत त धेरै बग्यो
आँसु पनि कम बगेन
तर जो त्यो रगत र आँसुको
नदी तरेर पारी पुग्यो
उसले आफू पारी पुगे पछि
त्यो रगत र आँसुको नदीलाई
कहिल्यै फर्केर हेरेन।
ऊ पारी पुगेपछि
बरु उसले ती
आँसु र रगतका
नदीहरुको बेग छेक्न
दुर्योधनको गधा उठायो।
सकुनीसँग हात मिलायो।
जुन दिन देखि उसले
आफूलाई पारी पुर्याउने
आँसु र रगतका नदी प्रबाहमाथि
षड़यन्त्र गर्न सिक्यो
वास्ताविक उसको जीवन त
त्यै बेला नै
मृत्य भै सकेको थियो।
तर,बिडम्बना अझै पनि ऊ
टाउको हल्लाउदै,
कुम झटार्दै,
आफू ज्यूदो भएको नक्कल गरिरहेको छ
छलको खेती गरिरहेको छ ।
ढाँटी रहेछ ।
घुर्की लगाई रहेको छ।
हैट ! मरेको जुनी !!
०००
गाेरखा
Subscribe
Login
0 Comments
Oldest







































