साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पर्खेर बसेको छु म – पुस्तक

जन्मेको त थिएँ म मानव हृदयमा उल्लास जगाउन, बाटो देखाउन, हृदयमा ज्ञानको दीप जलाउन। तर आज म आफैँ अन्यौलको अँध्यारोमा पिल्सिएको छु।

Nepal Telecom ad

लक्ष्मण नेवटिया :

(१८ औं पुस्तकालय दिवसको सन्दर्भमा)

म पुस्तक मेरो नाम मुखपृष्ठ मै
“मुस्कानका पाना” भनि
सजाइएको छ।
तर विडम्बना! मुस्कान
मेरो आफ्नै हराएको छ।

मानिसका कानहरू
इयरफोन मै मस्त,
आँखा मोबाइलमा व्यस्त,
बुद्धि अनलाइनले त्रस्त,
सारा जिन्दगी नै अस्त- व्यस्त।
मेरो गर्न अवहेलना
भएका छन् सबै अभ्यस्त।

भव्य भवन भित्रको कैदखानामा
मलाई राखिएको छ बन्द।
धमिराहरूले ठानेर मलाई
मीठो पकवान,मिलाएका छन्
आफ्नो भोक मेटाउने सुप्रबन्ध।

जन्मेको त थिएँ म मानव हृदयमा
उल्लास जगाउन, बाटो देखाउन,
हृदयमा ज्ञानको दीप जलाउन।
तर आज म आफैँ अन्यौलको
अँध्यारोमा पिल्सिएको छु।

भएर बेमोल भएको छु
कवाडीको तौल।
प्रबन्धकहरूको मथिंगलको
भएको छु फ्युज बाल।

नामूद व्यक्ति आउँछन्
फोटो खिचाउछन्।
चिल्लो भाषण दिन्छन्,
ताली पाउँछन्,
तर मेरो पृष्ठ कसैले-
कहाँ पल्टाउछन्!?

धूलोको आवरणले म ढाकिँदा,
इतिहास पनि सुतिरहेको छ।
स्वप्न, दर्शन, विचार,
मेरो अन्तर कुन्तरमा थुनिएको छ।

मेरो व्यथा- कथा सुन्ने यहाँ को छ ?
म सँगै दुई थोपा आँसु
रुने यहाँ को छ ?

मानव जगाउन जन्मेँ,
मानव नै टाढिएको दुरुह बेला,
एक न्यानो मानवीय स्पर्श,
पर्खेर बसेको छु म – पुस्तक।

०००
विराटनगर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
वर्क फ्रम होम

वर्क फ्रम होम

लक्ष्मण नेवटिया
व्यङ्ग्य गुट्का

व्यङ्ग्य गुट्का

लक्ष्मण नेवटिया
​जिन्दगी के थाहा, बाँकी होला नै कति ?

​जिन्दगी के थाहा, बाँकी...

लक्ष्मण नेवटिया
वर्क फ्रम होम

वर्क फ्रम होम

लक्ष्मण नेवटिया
कालेको ‘बा’

कालेको ‘बा’

रणबहादुर बुढाथोकी ‘भैया’
भर्खर नुहाएको सहर

भर्खर नुहाएको सहर

डा. दामाेदर पुडासैनी किशाेर
किनकि, म नर्स हुँ

किनकि, म नर्स हुँ

पार्वती पुडासैनी
म को हुँ ?

म को हुँ ?

युवराज भण्डारी
उत्पात भो

उत्पात भो

हेम अधिकारी
0
Would love your thoughts, please comment.x
()
x