साइबर अपराध सम्बन्धी सचेतना सामग्री

जब दुख्छ देश !

फेर्छौ अझै कति यहाँ नव संविधान । राख्छौ र जीवित जहाँ महिमा र सान । गर्छौ र इज्जत तिमी जनता विशेष ! बढ्दैछ संशय सधैँ जब दुख्छ देश ।

Nepal Telecom ad

हाेमनाथ घिमिरे :

या सातसाल तिर होस् अनि सत्रसाल ।
या होस् छयालिस सबै कुन राष्ट्र हाल !
ल्याए यहाँ जुन कुनै पनि संविधान ।
त्यो त्याग हो सहिद कै बलिदान सान ।

जो प्राण आहुति गरे सब कर्णधार ।
पुत्री सुपुत्र सब ती; जननी मुहार –
फेर्छौँ भनेर जसरी बलिदान गर्दै –
मिथ्या भयो किन सधैँ छलछाम भर्दै !

उस्तै रह्यो मुलुक यो जनता समाज !
सम्पूर्ण नाटक यहाँ किन बन्छ आज ?
आशा अझै छ अधुरो सब चूर्ण चूर्ण !
स्थायित्व छैन कि खै कब हुन्छ पूर्ण ?

छैनन् अझै मुलुकमा परिपूर्ण टम्म ।
सम्पूर्ण हुन् रगतका अभिलेखसम्म ।
“लेखेर जान्छ अघि त्यो पछि केर्नुपर्ने
कस्तो कठै ! दशकमै अब फेर्नुपर्ने ?”

त्यो प्राण जो सहिदको कति मूल्य दिन्छौँ ?
बेअर्थ हुर्मत अझै कतिसम्म लिन्छौ ?
आएन शान्ति जनता छ सधैँ गुनासो ।
अक्षुण्ण के मुलुक यो कति बाँच्छ नासो ?

फेर्छौ अझै कति यहाँ नव संविधान ।
राख्छौ र जीवित जहाँ महिमा र सान ।
गर्छौ र इज्जत तिमी जनता विशेष !
बढ्दैछ संशय सधैँ जब दुख्छ देश ।

०००
असोज ३, २०८२
चितवन

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
चौसठ्ठी चिन्तन

चौसठ्ठी चिन्तन

हाेमनाथ घिमिरे
विश्वास !

विश्वास !

हाेमनाथ घिमिरे
लाग्दैछ यस्तो किन !

लाग्दैछ यस्तो किन !

हाेमनाथ घिमिरे
चिन्ता छ !!

चिन्ता छ !!

हाेमनाथ घिमिरे
भोट के मा ?

भोट के मा ?

हाेमनाथ घिमिरे
सिपाही

सिपाही

हाेमनाथ घिमिरे
राष्ट्रिय खेलाडी पेले

राष्ट्रिय खेलाडी पेले

प्रेम ओली ढकलपुरे
तमासा

तमासा

डा. बमबहादुर जिताली
नयाँ वर्ष

नयाँ वर्ष

प्रल्हाद पोखरेल
नयाँ वर्ष र पुराना सपनाहरू

नयाँ वर्ष र पुराना...

प्रमोद स्नेही
0
Would love your thoughts, please comment.x
()
x