साइबर अपराध सम्बन्धी सचेतना सामग्री

यहाँ सस्तो

पखालिदै छन चेलीका सिउँदोहरू रित्तो देख्छु आमाका काँखहरू अनि शून्य छ आँगन पनि सस्तो भएको छ प्राण यहाँ सस्तो भएको छ गोली, डोरी र रूखका डालीहरू...।

Nepal Telecom ad

सुभद्रा भट्टराई :

आकाशमा बादलको थुम्को
मडारिएको देख्छु
फेरि त्यो थुम्कोबाट बिस्तारै बिस्तारै
स-साना टुक्रा हुँदै
अनेकन विम्ब र प्रतिविम्ब
बन्दै छुट्टिन्छ आकृतिहरू
लाग्छ मेरा आफ्नै सन्तान
यसरीनै मबाट छुट्टिदै छन जस्तो।
कहिले त्यो बादल कालो देख्छु
कहिले सेतो
अनेकन प्रवृत्ति देखाउछ बादल
अनि लाग्छ गोधुलीमा
आफ्नै आकृति लोप हुँदैछ जस्तो ।

धर्ती पनि कहाँ मौन छ र
उनैको आड्मा न हो
बादलले पनि पानी बोक्ने
वायुले बटवृक्ष हल्लाउने
सुर्यको तापले परागसेचन गराउने
राति झलमल्ल देख्छु ताराहरू
कहिले खाली देख्छु निलो आकाश पनि
लामपुच्छ्रे तारा झरे जस्तै
गुँड छोडेर उडेको पखेरू
क्षितिजको आडसम्म देखिए पनि
यसै झर्छन हराउछन भविष्यका कोटपालहरू।।

छेकारो मार्ने गर्छ आँसुले आँखोलाई
प्राण त्यागेका मान्छे तारा भएका हुन कि
आकाशका आफ्नै सन्तान हुन ताराहरू
खै किन हो ?
आजभोलि विछोडिदैछन सन्तानहरू
पखालिदै छन चेलीका सिउँदोहरू
रित्तो देख्छु आमाका काँखहरू
अनि शून्य छ आँगन पनि
सस्तो भएको छ प्राण यहाँ
सस्तो भएको छ गोली, डोरी र रूखका डालीहरू…।

०००
पूर्व प्राज्ञ, नेपाल प्रज्ञा प्रतिष्ठान

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
अलगअलग बाटो

अलगअलग बाटो

श्याम प्रधान
लुकीछिपी बोतल खोल

लुकीछिपी बोतल खोल

माधव पोखरेल गोज्याङ्ग्रे
श्रेष्ठ सर्जकहरू बन्छन् सबै ती मुला

श्रेष्ठ सर्जकहरू बन्छन् सबै...

बिन्दु दहाल ‘मूकदर्शक’
त्रिशूलीको बगरबाट

त्रिशूलीको बगरबाट

शम्भु गजुरेल
शासक सत्याग्रह

शासक सत्याग्रह

डा. विदुर चालिसे
0
Would love your thoughts, please comment.x
()
x