साइबर अपराध सम्बन्धी सचेतना सामग्री

खरानीको बारूद

"अब फेरि मेरो पार्टी पहिलेको जस्तो होस् र म चुनाव जितेर सरकारमा जान पाउँ भनेर भाकल गर्न गएका हुन् नपत्याए भेट भएको बेला विस्तारै सोधाैँ त।" विनोदले मुस्कुराउँदै भन्यो।

Nepal Telecom ad

सुरेशकुमार पाण्डे :

“हाम्रो नेताजीलाई देश र जनताको कति चिन्त छ।” रविले विनोदसँग रामलालको प्रसंसा गर्दै भन्यो। “होर कसले गर्यो चिन्ता ? कसरी गर्यो ? चिन्ता गरेको भए यस्तो अवस्था आउथ्यो ?”

“ऊ पारी हेर त त्यो के हो ?”- रविले इसारा गर्दै भन्यो।
“त्यो त मन्दीर हो।” विनोदले भन्यो।
“कस्तो नबुझेको हो ऊ हेर त त्यहाँबाट बाहिर निस्कएको व्यक्ति को हो ?” -रिवले सोध्यो।

“ए.ए. उहाँ त अवसरवादी कामरेड रामलाल हुनुहुन्छ।”- विनोदले भन्यो।
“हजुरले जे भने पनि उनि त्यहाँ किन गएकाे थाहा छ ? “रविले मख्ख परेर सोध्यो।
” होला केही काम मन्दिरमा किन जान्छन् ? पूजापाठ गर्दा होलान्। ” – विनोदले भन्यो।

“होइन देश र जनताको शान्तिका लागि हाम्रा नेता भगवानको द्वारमा पुगेका छन् , कत्रो त्याग हो।” रविले आफ्नै नेताको प्रशंसा गर्दै भन्यो।
“ओहो रविज्यू हजुर पनि आफ्नै नेताको प्रसशंसा गरेर नथाक्ने हुनुभयो। खरानीको पनि बारूद नै बनाइ बक्सिन्छ।”
विनोदले व्याङ्ग्यत्मक शैलीमा भन्यो।
“के भनेको खरानीमा बारूद ? साँच्चै अहिले रामलाल देश र जनताकोप्रति अत्याधिक चिन्तित् हुनुहुन्छ।” – रविले भन्यो।
“हजुरलाई भ्रम भएको छ ,उनी मन्दिरमा किन गएका हुन् ? थाहा छ म भन्छु।” विनोदले रवितिर हेर्दै भन्यो।
“भन त किन गएका हुन् ?” रविले बुझ्न खोज्यो।

“अब फेरि मेरो पार्टी पहिलेको जस्तो होस् र म चुनाव जितेर सरकारमा जान पाउँ भनेर भाकल गर्न गएका हुन् नपत्याए भेट भएको बेला विस्तारै सोधाैँ त।” विनोदले मुस्कुराउँदै भन्यो।

०००
दाङ घोराही १८
१६-०९-२०२५

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
परिवर्तनको राज

परिवर्तनको राज

सुरेशकुमार पाण्डे
म गर्छु धर्म

म गर्छु धर्म

सुरेशकुमार पाण्डे
ग्यास

ग्यास

सुरेशकुमार पाण्डे
सुव्यवस्था

सुव्यवस्था

सुरेशकुमार पाण्डे
पावर

पावर

सुरेशकुमार पाण्डे
निर्णायक को ?

निर्णायक को ?

सुरेशकुमार पाण्डे
बैठक

बैठक

भोलानाथ सुबेदी
परिवर्तनको राज

परिवर्तनको राज

सुरेशकुमार पाण्डे
दुई लघुव्यङ्ग्य

दुई लघुव्यङ्ग्य

हरिशंकर परसाईं
उखान, इख र अङ्कलको टिभी

उखान, इख र अङ्कलको...

दामाेदर न्याैपाने
बाढीको पाठ

बाढीको पाठ

लक्ष्मी रिजाल
0
Would love your thoughts, please comment.x
()
x